विप्पनको बिजोग नहोस

दमकका २० वर्षे राज कजुर जो ओछ्यानमै थलीएका छन् (भिडियो कथा)

 

दमक/
नाम राज कजुर
उमेर २० वर्ष
बसाई , दमक ९ स्थित उराउ बस्ति ।
आमा बुबाको पेषा , स्थानिय चिया बगानमा मजदुरी ।

यो विवरण भएका व्यक्ति अहिले ओछ्यानमा थलीएर बस्नु भएको छ । रातमा कुनै रोग र बिराम बेगरनै सुत्नु भएका राज बिहान ओछ्यानबाटै उठ्न सक्नु भएन । उठ्न खोज्दा उहाँका खुट्टा भुइँमा टेकिदै टेकिएनन् । एक्कासी के भयो उहाँले कुनै मेसो नै पाउनु भएन । त्यसपछि सर्न खोज्दा कम्मर देखीको तलाको भागनै नचल्ने भयो ।

 

यस्तो अवस्था भएपछि परिवारमा मात्रै होईन गाउँ घरमा नि खैला बैला भयो । तुरुन्तै उपचार गर्न लिएर जानु पर्ने । तर हातमा पैसा थिएन ।

यस्तो भएको खवर स्थानिय वडा कार्यालय सम्म पनि पुग्यो । वडाध्यक्ष कुवेर भट्टराईले घरमै आएर बिरामीको अवस्था बुझ्नु भयो । त्यसपछि तुरुन्तै एम्बुलेन्सको प्रवबनध गराउनु भयो । दमक अस्पतालमा लगेर के के हुन्छ पहिलो चरणको उपचार गराइहाल्न उहाँ लागी पर्नु भयो ।

तर दमक अस्पतलामा राजको उपचार सम्भव भएन । त्यसपछि उहाँलाई धरान स्थित विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान (घोपा) रेफर गरियो ।

यत्तिञ्जेलमा राजको पछाडीको भागमा घाउँ भइसकेको रहेछ । घोपाका चिकित्सकले पहिला घाउँ निको पार्ने अनी मात्रै खुट्टा नचलेको उपचार गर्ने भनेपछि उहाँ अहिले घाउ निको पार्नकालागि ओछ्यानमा सुतिरहनु भएको छ ।

घरमा भएकी बहिनीले राको हेरचाह गरिरहनु भएको छ । बुबा आमा नियमती काममा नगए घर चलाउँनै मुस्किल पर्छ ।

जसो तसो घाउँ निको पर्दै गरेपनि अव खुट्टा नचल्ने रोगको उपचार कसरी गर्ने होला भन्ने चिन्ता यो परिवारमा छ । यो परिवारको पर्याप्त आम्दानीको श्रोत नभएका कारणले आर्थीक अभावमै छोराको उपचार राम्रोसँग गर्न नसकिएला कि भन्ने पीडाले राजको परिवारलाई परिलीरहेको छ ।

तर वडाध्यक्ष भट्टराईले राजलाई पैसा अभावमा उपचारनै रोकिने चिन्ता नगर्न परिवारलाई ढाडस दिनु भएको छ । अहिले पनि नियमती परिक्षण र घाउँमा गरिने ड्रेसिङमा आफु र वडाको स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीलाई परिचालन गरिरहेको बताउँदै आवश्यक परेमा थप सहयोग गर्ने पनि प्रतिवद्धता जनाउनु भयो ।

दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गरिरहेका राज जस्ता परिवारले कतिपयय ठाउँमा उपचार गराउँनै नसकेर मृत्यू वरण गर्नुपर्ने अवस्था छ । नेपालको उपचारमा विप्पन्न नागरिकको सहज पहुँच बनाइदिन सरकारले नितीगत रुपमै कार्यक्रम बनाउन आवश्यक छ ।

भिडियोमा हेरौ

 

सम्मान

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा