बोल्नै नसक्नेको आवाज आयो

फिजियो थेरापीबाट ‘नयाँ जीवन’ पाउनेहरुको कथा( भिडियोमा हेरौ)

 

दमक/
झापाको कमल गाउँपालिकाका डम्बर कुमार राई मोटरसाईकल दुर्घटनामा परि घाईते हुनु भएको थियो । दमक स्थित पृथ्वी माविमा पढाएर घर फर्कदै गर्दा उहाँको दुर्घटना भएको थियो ।

दुर्घटनामा परि घाईते हुनु भएका राईको उपचार गर्नकालागि विराटनगरको एक हस्पतालमा तीन महिना सम्म राखीयो ।
तीन महिना सम्म अस्पतालमा जिउँदो मुडो शरिर रुगेर आफन्त बसे । केहि बिशेक भएपछि चिकित्सकले अव फिजियो थेरापी गर्नु भन्ने सुझाव दिए ।

सोहि सुझाव अनुसार राईलाई घर ल्याइयो । घरमा ल्याएर राख्दा सुधार नहुने भएपछि तुरुन्तै फिजियो थेरापी गर्न लगियो ।
दमकको बेलडाँगी रोडमा रहेको फिजियो केयर एण्ड रिहाव सेन्टरमा उहाँको भर्ना गरियो ।

यहाँ ल्याउँदा समेत बोल्न नसक्ने राईलाई यस रिहाव सेन्टरमा डेढ महिना राखेपछि अहिले बोल्न सक्ने हुनु भएको छ ।
दोहोरो संवाद समेत गर्न सक्ने हुनु भएका राईलाई अहिले नयाँ जीवन पाए जस्तो लागेको छ ।

यस्तै इलामका तुला कुमार फियाक र मोरङ मिक्लाजुङका उपेन्द्र चौधरी दुवै जनालाई उच्च रक्तचापका कारण शरिरको एक भाग चल्नै छोड्यो । एक्कासी शरिरको एक पाटो चल्न छोडेपछि उहाँहरु दुवैजनाले पानी खाने रित्तो गिलास त के डटपेन समेत उचाल्न सक्न छोड्नु भयो । तर उहाँहरु पनि यस रिहाव सेन्टरमा आएर उपचार गराएपछि अहिले जाती हुन थाल्नु भएको छ ।

यस रिहाव सेन्टर सेन्टरमा डम्बर कुमार राई, तुला कुमार फियाक र उपेन्द्र चौधरी जस्ता सयौ बिरामीहरु आउनु हुन्छ । हिड्नै नसक्ने । शरिरको कुनैपनि भाग नचलेका , आवाज आउन नसकेका लगायत विभिन्न प्रकारका विरामीहरु आउनु हुने गर्छन ।

हाडजोर्नीमा समस्या, नसा च्यापिएका तथा अन्य विभिन्न कारणले शरिरको कुनै पनि अङ्ग सहज सञ्चालन हुन नसकेपछि उपचार खोज्दै यहाँ आउने गर्छन । विरामीको अवस्था र आवश्यकताका आधार फिजियो थेरापीको बिधिद्धारा शारिरिक कसरत गराउनुका साथै विभिन्न उपकरणको माद्यम मार्फत उपचार गर्ने गरेको फिजियो थेरापिस्टि डा. मनोज कुमार यादवले बताउनु भयो ।

बिना साइड इफेक्ट, बिना औषधि फिजियो थेरापीका माध्यमबाट दुखाइ कम गरी सक्रिय जीवनशैलीमा फर्काउन यो बिधिले मद्दत गर्छ ।
नसा, मांसपेशी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चारमा आउने समस्यालाई फिजियो थेरापीको माध्यमबाट पुनः कार्यशैलीमा फर्काउने वा शरीरलाई पुनः चलायमान हुन सहयोग पुग्ने गरेको छ ।

भिडियोमा हेरौ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको