सेवाग्राहिको भीड थेगिनसक्नुको

दमकमा डा. भगवान कोईरालाको कि ओच बाल अस्पतालको सेवा सुरु, पहिलो दिन कति आए बिरामी

 

दमक/
डा. भगवान कोईरालाको सपना छ नेपालका सातै प्रदेशमा एक/एक वटा बिशिष्टिकृत स्तरको बाल अस्पताल स्थापना गर्ने ।
मोफसलका नागरिकहरु बालबालिकाको उपचार गर्न भन्दै काठमाडौ र नेपाल बाहिर जाने समस्याको अन्त्य गर्न उहाँले यो सपना देख्नु भएको हो ।
सोहि सपना पुरा हुने क्रम सुरु भएको छ । दमकको रेडक्रस भवनमै बनेको कि ओच बाल अस्पताल आजबाट सञ्चालनमा आएसँगै डा. भगवानको सपनाले सार्थकता पाउन थालेको हो ।

ओपिडीको सेवाबाट अस्पतालकोे काम प्रारम्भ भएको छ । अस्पतालको सेवाको बारेमा आम जनमानसमा जानकारी गराउने उद्धेस्यले आजबाट निशुल्क बृहत स्वास्थ्य शिविर गरिएको छ ।
यो शिविरमा मुटु र बालबालिकाका सबै खाले रोगको उपचार र परिक्षण गरिनुका साथै निशुल्क औषधि समेत उपलब्ध गराइएको थियो ।
तीन दिन सम्म चल्ने शिविरमा डा. भगवानका साथमा अन्य बरिष्ठ डाक्टरहरुको उपस्थिती रहेको छ ।
जुन स्तरको सेवा आज शिविरमा आउनेहरुले लिनु भयो सोहि स्तरको सेवा यो अस्पतले सञ्चालन गर्ने जनाइएको छ ।
पहिलो दिनको शिविरमा १ सय ६३ जना बालबालिकाले विभिन्न रोगको परिक्षण गराएका थीए भने १ सय ६७ जना जुनसुकै उमेर समुहका नागरिकहरुले आफ्नो मुटुको अवस्थाको बारेमा परिक्षण गराएका थीए ।
शिविरमा आउनेहरुकालागि बालबालिकाको हकमा ओपिडी, इसिजी, ल्याव र इकोको सेवा प्रदान गरिएको थियो भने मुटुका बिरामीहरुकालागि ओपिडि, इसिजी र इकोको सेवा दिइएको थियो । साथै बिरामीहरुलाई आवश्यक पर्ने औषधि पनि निशुल्क प्रदान गरिएको अस्पतालले जनाएको छ ।
उपचार गराउन आएका अधिकांश बालबालिकाहरुमा मुटु सम्बन्धीको समस्या देखीएको र तत्कालै २० जनालाई शल्यकृयानै गर्नु पर्ने गरिको अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले बताएको कुरा रेडक्रस दमकका पूर्व सभापति लिला गुरागाईले उज्यालो खवरलाई जानकारी दिनुभयो ।
ती बिरामीहरुलाई काठमाडौमा बोलाइएको र उनीहरुको सबैको निशुल्क सल्यकृया गरिने बताइएको छ ।
शिविर मंगलबार सम्म सञ्चालन हुने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको