दमको असर

वायू प्रदुशणले दम रोगी बढ्न थाले, दमकका निशुल्क फोक्सो परिक्षण

दमक/
दम श्वास प्रश्वाससित सम्बन्धित एउटा रोग हो । वातावरणीय प्रदुषण, धुवाँ धुलो, चिसो तथा फूल फूल्ने मौसममा फूलको परागको कणबाट हुने विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई आस्थमा हुन सक्दछ । यदि कसैलाई एलर्जी छ र त्यो लामो समयसम्म रहृयो भने मानिसलाई दम हुने गर्दछ । पछिल्लो समय नेपालमा वातावरणीय प्रदुशषणका कारण दमका बिरामीहरु बढ्ने गरेको चिकित्सकहरुले बताएका छन् । यसको निराकरण गर्न सरकारले सचेतनाका कार्यक्रमका साथै छुट्टै निती नै बनाउन पनि आवश्यक देखिएको छ ।

दमक स्थित नमस्ते हस्पिटलको अगाडी एउटा सानो स्टल जस्तो राखीएको छ । यो स्टलमा विभिन्न उमेर समुहका मानिसहरुलाई लामो सास तानेर अनि फेरि छोड्न लगाउने काम भइरहेको थियो । आफ्नो फोक्सोको अवस्था कस्तो छ भनेर जोसुकैले पनि स्वः परिक्षण गर्न सकिने गरिको विधि यहाँ अपनाइएको थियो ।

जेरोस्ट्याट भिटि स्पेसर प्रयोग गरेर यहाँका आउने जो सुकै इच्छुकहरुको फोक्सोले कस्तो काम गरिरहेको छ भन्नेबारेमा परिक्षण गराइएको थियो । सो सेवा निशुल्क थियो । परिक्षण गर्दा कुनै बिराम लागेको कुनै संका भएमा यहिका चिकित्सकले निशुल्क फोक्सो जाँच पनि गर्ने सुविधा थियो । यसले आम नागरिकको फोक्सोको अवस्था कस्तो रहेछ र अव आफुले फोक्सोको सुरक्षा कसरी गर्न भन्नेबारेमा जानकारी लिन मद्यत पुग्ने दम रोग न्यूनिकरणको अभियान सञ्चालन गर्दै शहर शहर पुग्नु भएका सहजकर्ता रिकेश श्रेष्ठले बताउनु भयो ।

विश्व स्वास्थ्य संगठन का अनुसार विश्व का करीब २५ करोड मानिस दम को समस्याले आक्रान्त छन् । दम रोगका कारण हजारौं ले वर्षेनी ज्यान गुमाउनु परेको अवस्था छ । मृत्यु हुने मा ८० प्रतिशत जति नेपाल जस्ता कम विकसित तथा विकासोन्मुख मुलुक का नागरिक पर्ने गर्दछन् । बालकहरु मा पनि देखिने यो रोग बालकहरु हुर्कंदै जाँदा घट्दै गएको देखिएको छ । यद्यपि यो रोग जुनसुकै उमेर समूहका मानिसलाई पनि हुन सक्ने नमस्ते हस्पिटल दमकका डा. बेधनिधी खतिवडाले बताउनु भयो ।

यदि कसैलाई वायु प्रदुषण, मौसमी परिवर्तन लगायतका बाह्य कारणले आस्थमा भएको देखिएमा सो मौसममा नियमित औषधि सेवन तथा निरन्तरको उपचारबाट यो रोग पूणर्रुपमा निको पार्न सकिन्छ । तर यदि उक्त व्यक्तिलाई वशांणुगत कारणले आस्थमा भएको छ भने चाहिँ त्यो पूणर्रुपमा निको नहुन पनि सक्दछ ।

दम रोग श्वासप्रस्वाससँग सम्बन्धित भएकाले सावधानीका उपाय पनि यसैसँग सम्बन्धित छन् ।धुवाँ, धुलोलगायतका वातावरणीय प्रदुषणबाट जोगिनु पर्दछ । त्यसका लागि गुणस्तरीय मास्कको प्रयोग गर्नुपर्दछ । यसका साथै चिसोबाट जोगिनुपर्दछ । जाडो समयमा दम रोगले झन् च्याप्छ । त्यसैले घर वा कोठालाई न्यानो पार्ने, न्यानो लुगा लगाउने गर्दा यो रोगबाट बच्न सकिने डा. खतिवडाको सुझाव रहेको छ भने उहाँले सरकारले यसकालागि निती नै बनाएर जनजेतानाका कार्यक्रम टोल टोलमा पुर्याउन पनि उहाँले सुझाव दिनुभएको छ ।

दम लाग्नुको ठ्याक्कै कारण ‘मेडिकल साइन्स’ले पत्ता लगाउन सकेको छैन। तर, वंशाणुगत जोखिम र वातावरणीय प्रभावले यो रोग हुने सम्भावना बढी हुन्छ। सामान्यता परिवारका कुनै सदस्यलाई दम छ भने अरुलाई पनि देखिन सक्छ। साथै, वातावरणीय प्रदूषणलाई पनि दम हुने कारण मानिन्छ। यसैगरी धूमपान, वातावरणीय प्रदूषण र तनावले पनि दम बढाउँने चिकित्सकले बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितको सहयोगमा सन्धिखर्कका १६८ कर्मचारी, एक हप्ताको तलब दिने

अर्घाखाँची , १० भदौ। सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन् ।भोटेकोशी(त्रिशूली नदीमा आएको अप्रत्याशित

बाढी प्रभावितका लागि एनसेलको राहत स् तीन दिन निःशुल्क भ्वाइस र डेटा

काठमाडौं ,भदौ १० । दूरसञ्चार सेवा प्रदायक एनसेलले रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि भ्वाइस तथा डेटा सेवा निःशुल्क

रसुवा बाढीपछि कांग्रेस सक्रिय, विपद् व्यवस्थापन समन्वय समिति गठन

काठमाडौं , भदौ १० । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको कामलाई प्राथमिकतामा राख्न सरकार र पार्टी

रसुवाको बाढीमा ७९ जना सुरक्षाकर्मी सहित ४७७ जना सम्पर्कविहीन

काठमान्डौ १० भदौ । रसुवामा बुधबार बिहान अचानक बाढी आएपछि त्यस क्षेत्रमा ४७७ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना

होस्टेल र त्रिशूलीवारिका विद्यार्थी सुरक्षित, केही सम्पर्कविहीन भएको आशङ्का

काठमाडौँ,१० भदौ । त्रिशूली बजारमा अवस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले त्रिसुलीवारिका सबै विद्यार्थीहरू सुरक्षित रहेको बताउनु भएको छ् । यस विद्यालयमा कुल

रसुवा र नुवाकोटमा १४ जलविद्युत् आयोजना क्षतिग्रस्त

काठमाडौँ , १० भदौ। चीनतर्फबाट आएको आकस्मिक बाढीका कारण रसुवा र नुवाकोटमा विद्युत् उत्पादन तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको