देउरीमा पाँच सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

 

उदयपुरउदयपुरको त्रियुगा नगरपालिका-५ मा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय जनाले सेवा लिएका छन्। विराट मेडिकल कलेज शिक्षण अस्पताल मोरङको प्राविधिक सहयोगमा त्रियुगा नगरपालिका-५ ले स्वास्थ्य चौकी देउरीमा आयोजना गरेको शिविरमा महिलाको समस्या अत्यधिक देखिएको छ।

शिविरमा जनरल फिजिसियन २ सय २५ जना, स्त्रीरोग ८२, नाक, कान, घाँटी ७२, छाला ६४, मुटुका ५७ जनाले सेवा लिएको अस्पतालका सूचना तथा सञ्चार अधिकृत कैलाश भट्टराईले बताए।

स्वास्थ्य परीक्षण गरिएकामध्ये भिडियो एक्सरे ९२, फोक्सोका ५२, इकार्डियोलोजी ३५, ल्याबका २ सय ५ जनाको रोग पहिचान र औषधि सेवनका लागि जाँच गरिएको उनले बताए।

बिरामी सबैलाई सम्बन्धित विशेषज्ञबाट नै सेवा प्रदान गरिएको भट्टराईले बताए। सदरमुकाम नजिक भएर पनि गाउँघरमा सकेसम्म बिरामीहरू लुकाएर राख्ने गरेकाले शिविरको आयोजना गरिएको वडाध्यक्ष उद्धव थापाले बताए।

उनले भने, ‘समस्या नदेखिएसम्म खर्च हुन्छ भनेर सकेसम्म घरमै लुकाएर बस्ने, रोगले विकराल रूप लिएपछि सहयोग माग्ने तथा औषधि उपचार गर्ने हाम्रो बानी छ, त्यसको अन्त्यका लागि शिविर राखिएको हो।’

शिविरमा वडा नम्बर ५,४,३,६,७ लगायतका क्षेत्रबाट सेवा लिएको उनले बताए। खासगरी गरिब जनता जो खर्च गरेर उपचार गराउने अवस्था छैन त्यस्ता रोगीहरूलाई स्थानीय स्तरमा नै सेवा प्रदान गर्ने र स्वास्थ्यमा जनताको पहुँच वृद्धि गर्ने शिविरको लक्ष्य रहेको उनले बताए।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको