विराटनगरको जनरल हस्पिटलमा आँखाको उपचार सुरू

विराटनगर  विराटनगर १३ मलायरोडमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटलमा आँखाको सम्पूर्ण उपचार गर्ने आँखा विभाग संचालनमा आएको छ । १५ शैय्याको यो हस्पिटलमा आइतबारदेखि आँखाको सम्पूर्ण उपचार सेवा सुरु हुने भएको हो ।

अत्याधुनिक उपकरण जडान गरी संचालनमा ल्याएकोले आँखाको सम्पूर्ण उपचार सेवा सुचारु गरिएको अस्पतालका संस्थापक निर्देशक जयप्रकाश रायले जानकारी दिए । जनरल हस्पिटलमा आँखाको २४ सै घण्टा इमर्जेन्सी सेवा, मोतिविन्दुको शल्यक्रिया, अत्याधुनिक दुरबिनद्वारा शल्यक्रिया गर्ने व्यवस्था गरिएको छ । यसका साथै विदेशी लेन्सको प्रयोग गरी उपचार गर्ने अस्पतालले जनाएको छ ।

यस्तै आँखामा मासु पलाएको शल्यक्रिया, छड्के आँखालाई सिधा बनाउने, अल्छी आँखाको उपचार हुने अस्पतालले जनाएको छ ।
तीन कठ्ठा क्षेत्रफलमा १५ करोड भन्दा बढी लगानीमा अस्पताल संचालनमा आएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको