सामाजीक योगदानमा समर्पित हुँदै

गाउँका विद्यालयमा ओम शान्त्तीको निशुल्क दन्त शिविर

 

दमक/
झापाको दमक ५ बेलडाँगी रोडमा रहेको ओम शान्त्ती डेण्टल हस्पिटल निशुल्क स्वास्थ्य शिविरमा क्रियसिल बनीरहेको छ ।
पछिल्लो समय जिल्लाको कमल गाउँपालिकाका विभिन्न गाउँ गाउँमा गएर शिविर गरिरहेको छ । खासगरि सामुदायीक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको दाँतको परिक्षण गरिएको हस्पिटलका व्यवस्थापक कमल गेरैले जानकारी दिनुभयो ।

सामुदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको दाँतमा समस्या हुँदा पनि जटिल नभए सम्म चिकित्सकलाई नदेखाउने ,दाँतलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने कुराको सामान्य ज्ञान पनि अभिभावकमा नरहेको स्थिती देखिएको शिविरमा सहभागी डेण्टल सर्जन डा. स्मारक दाहालले बताउनु भयो ।

यसै क्रममा आज कमल गाउँपाकिलाको मंगलमय माविमा शिविर सम्पन्न भएको छ । शिवरमा ६ सय बढि विद्यार्थीले दन्त परिक्षण गराएका छन् । यस मध्ये २७ जना विद्यार्थीको दाँत खोल्नुका साथै अन्य चिकित्सयकीय सेवा प्रदान गरिएको शिविरमा सहभागी डा. डा. संगिता राईले जानकारी दिनुभयो ।

यो शिविरबाट अधिकांश विप्पन्न तथा गरिवका छोराछोरीले निशुल्क दन्त परिक्षण पाएको र दाँतको हेरचाह कसरी गर्ने भन्ने सम्बन्धीको परामर्ष पाएको अस्पतालका सञ्चालक डा. सिपि गैरेले बताउनु भयो ।

‘यो शिविर हामी आगामी १९ गते सम्म कमल गाउँपालिकाकामा रहेका सामुदायीक विद्यालयहरुमा गरिरहने छौ ।’डा गैरेले उज्यालो खवरसँग कुराकानी गर्दै भन्नु भयो ‘यस पछि पनि हामी सहज स्वास्थ्य पहुँच नभएका गाउँ र बस्तिमा पुगेर निशुल्क दन्त सेवा दिनेछौ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको