दमक /
सामुदायिक बिद्यालयमा निशुल्क स्वास्थ शिबिर चलाई रहेको छ दमक ५ बेलडाँगी रोडमा रहेको ॐ शान्ति डेण्ट्ल हस्पिटलले । यहि क्रममा बिहीवार झापाको कमल गाउपालिकामा रहेको वाणी माबी गुवाबारीमा शिबिर सम्पन्न गर्यो ।
यहाँ गरिको शिबिरबाट ४२१ जना बालबालिका लाभान्वित भएको अस्पतालका ब्यबस्थापक कमल गैरेले जानकारी दिनु भयो ।
शिबिरमा सहभागी दन्तरोग विशेषज्ञ डाक्टर करुना कट्वालका अनुसार शिबिरमा परिक्षण गरिएका अधिकांश बालबालिकाको दातमा किरा लागेको भेटिएको थियो । ” चकलेट तथा गुलिया खानेकुरा नखान, खाना खाएपछि अनिवार्य दिनमा दुईपटक दात ब्रस गर्न हामीले सुझाब दिएका छौ । ” डा. कट्वालले बताउनु भयो ।
हस्पिटलले आज सरस्वती माबी ठुलो बार्हघरेमा शिबिर सन्चालन गर्ने छ ।









