स्वास्थ्य बिमाको उपयोगीता

दमकका विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बिमा , कसैलाई अभिषाप कसैलाई भने बरदान

दमक/
सबै नागरिकलाई सहज स्वास्थ्य पहुँच र सर्वसुलभ सुविधा होस भनेर नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको हो । वर्षमा ३ हजार ५ सय रुपैँया तिरेपछि परिवारका ५ जना सदस्यले १ लाख रुपैँया बराबारको स्वास्थ्य सेवा लिन सक्छन् । तर यहि शुल्क पनि तिर्न नसक्ने विपन्न नागरिक कयौ छन् । यहि कुरालाई मध्यजनर गरेर दमक नगरपालिकाले वडा स्तरबाट निशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । यो सुविधा कसैका लागि सुखको सारथी बनेको छ भने कसैका लागि भने काग लाग्यो बेल पाक्यो हर्ष न विस्मत् जस्तै भएको छ ।

झापा दमक नगरपालिका वडा नं ६ कि वसन्त सुब्बाले स्वास्थ्य बिमा गराएको ३ वर्ष भयो । यसका लागि लाग्ने शुरुको शुल्क र अहिले सम्मको नविकरणका लागि उहाँले कुनै रकम तिर्नु परेको छैन । किनकी उहाँ वडा कार्यालयको सर्वेक्षणले विपन्न वर्गमा पर्नु हुन्छ ।

विपन्न परिवारकालागि वडाले स्वास्थ्य बिमामा लाग्ने सबै शुल्क तिरीदिन्छ । अहिलेका जनप्रतिनिधीको कार्यअवधि सम्म यो सुविधाको नविकरण गर्न पनि वडालेनै सहयोग गर्र्दै आएको छ । तर यसरी वडाले निशुल्क रुपमा गरिदिएको स्वास्थ्य बिमाबाट वसन्तले सहज भन्दा पनि सास्ती पाएको बताउनु भयो ।

उहाँ आफु र परिवारका सदस्य विरामी पर्दा उपचार गर्न दमक अस्पताल र आम्दा अस्पताल जानु हुन्छ । तर उहाँले आफ्नो पालो पाउन नै सक्नु भएन । बिरामले साह्रो पार्दा ३ दिन सम्म पनि आफ्नो पालो नआएपछि उहाँले त्यो बिमा कार्डनै फ्ँयाक्ने सोच्नु भएको थियो । तर वडाले आफुहरुको सम्मानकालागि निशुल्क बनाइदिएको भनेर त्यसको जतन गरेर राख्नु भएको छ । उपयोग बिहिन त्यो कार्ड आफुले पोल्टामा बोकेर हिड्ने मात्रै गरेको वसन्तले सुनाउनु भयो ।

त्यसो त सबैसँग सुब्बाको जस्तो तितो अनुभव मात्र छैन । यहि ठाउँकी जसोदा देवि लावतीकालागि भने वडा कार्यालयले गरिदिएको निशुल्क स्वास्थ्य बिमा बरादान नै सावित भयो । उहाँका परिवारको संख्या केहि ठुलो छ । ठुलो परिवारिक संख्या भएकोले घरमा बिरामी नटुट्ने गरेको उहाँले बताउनु भयो । यदि वडा कार्यालयले स्वास्थ्य बिमा नगरिदिएको भए आफुहरुको सबै कमाई उपचारमै खर्च गरेर सक्नु पर्ने स्थित आउने उहाँले बताउनु भयो । दैनिक मजदुरी गरेर उहाँले आफ्नो ११ जना परिवार पाल्ने गरेकोे सुनाउनु भयो । परिवार पाल्नै मुस्किल परिरहेको अवस्थामा अहिलेको महगो स्वास्थ्य उपचारको सेवा पाउनै मुस्किल हुने उहाँको अनुभव छ ।

दमक नगरपालिका वडा नं ६ को कार्यालयले हरेक वर्ष ६० जना विपन्न परिवारलाई निशुल्क रुपमा स्वास्थ्य बिमा गरिदिने गरेको छ ।

यसबाट विपन्न परिवारले सहज स्वास्थ्य पहुँच बनाउन सकुन भन्ने उद्धेस्य राखीएको वडा नं ६ का वडाध्यक्ष टेक बहादुर थापाको भनाई छ । ‘हरेक वर्ष यस अघि बिमा गरिदिएकाहरुको नविकरण गरिदिने, कोहि विपन्नले बिमा नै गर्न छुटेको भए नयाँ बिमा पनि गरिदिने कार्यक्रम छ ।’वडाध्यक्ष थापाले बताउनु भयो ।

दमक नगरपालिकामा जनप्रतिनिधी निर्वाचित भएर आएपछि विपन्न नागरिकका लागि केके गर्ने भन्नेबारेमा छलफल भयो ।

त्यसपछि आवश्यक निती बनाएर त्यसको कार्यान्वायन गर्न थालीयो । यहि क्रममा सामान्य बिराम लाग्दैमा उपचारनै गर्न र आवश्यक औषधि पनि खरिद गर्न नसक्नेका समुदायकालागि आफुहरुको कार्यकाल सम्म निशुल्क स्वास्थ्य बिमा गराउने नगरले निती बनायो । सोहि अनुसार अहिले नगरका सबै वडातहसम्म कार्यक्रम पुर्याइएको नगर प्रमुख रोमनाथ ओलीले बताउनु भयो ।

दमकका सबै वडाले आफ्नो वार्षिक कार्यक्रममा वडामा रहेका विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बमिा गर्दै आएका छन् । यसको प्रयोगबाट विपन्न समुदायसले रकम अभावकै कारण मृत्यूवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुने विस्वास लिइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको