कोशी अस्पतालमा ज्येष्ठ नागरिक र अशक्तका लागि छुट्टै टिकट काउण्टर

विराटनगर  कोशी अस्पतालले ज्येष्ठ नागरिक (७० वर्षमाथि), असक्त, गर्भवतीका लागि टिकट र औषधिको छुट्टै काउण्टर सञ्चालनमा ल्याएको छ ।

बुधबार काउण्डरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । छुट्टै काउण्टर सञ्चालनमा आएसँगै ज्येष्ठ नागरिक, असक्त र गर्भवतीलाई टिकट काट्न र औषधि लिन सहज भएको छ । सो अवसरमा मेयर कोइरालाले तीन तहको सरकारमा जो जुन भूमिकामा भए पनि सबैले जनताले सहज रुपमा सेवा पाउने गरी काम गर्नुपर्नेमा जोड दिए । अस्पतालले सुरु गरेको काउण्टरबाट ज्येष्ठ नागरिक, असक्त र गर्भवतीले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गरे ।

काउण्टर सञ्चालनमा आएपछि उनले पहिलो टिकट सुनसरीको इनरुवाका विर्खबहादुर सुवेदीलाई हस्तान्तरण गरेका थिए । मेयर कोइरालाले अस्पतालले सञ्चालनमा ल्याउन लागेको एनआइसियू कक्ष र आकस्मिक कक्षको निरीक्षण गरेका थिए । सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई, सदस्य मुकेश बुढाथोकी, निमित्त मेसु रविराज सिंहलगायतको समेत उपस्थिति रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको