प्रादेशिक अस्पताल भद्रपुरमा रेविजविरुद्धको भ्याक्सिन अभाव

झापा / भद्रपुरस्थित प्रादेशिक अस्पतालमा दुई हप्तादेखि रेविजविरुद्धको भ्याक्सिन अभाव हुँदा बिरामी उपचार नगराई फर्कन बाध्य भएका छन्। कोशी प्रदेश सरकारसँगै रेविजविरुद्धको भ्याक्सिन अभाव हुँदा अस्पताल प्रशासनले गत जेष्ठ २३ गते नै भ्याक्सिन सेवा बन्द गरिएको भनी सूचना टाँस गरी बिरामीलाई जानकारी गराइसकेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए ।

अस्पतालमा मासिक ५०० भ्याक्सिन खपत हुन्छ । ‘१५ दिनदेखि अस्पतालमा भ्याक्सिन छैन,’सूचना अधिकारी पोखरेलले भने,’अस्पतालले कोशी प्रदेश सरकारसँग भ्याक्सिन माग गरेपछि त्यहाँ पनि नरहेको जानकारी आयो ।’

प्रदेश सरकारले खरिद गरेपछि मात्र अस्पताललाई भ्याक्सिन पठाउने र अनि मात्र पुनः सेवा सुचारु हुने उनले बताए ।  संक्रमित कुकुर,अन्य कुनै घरपालुवा तथा जंगली जनावरले टोकेलगत्तै रेविज रोगविरुद्धको भ्याक्सिन स्वास्थ्य संस्थामा गएर बिरामीले लगाउनुपर्छ ।

जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पतालमा भ्याक्सिन अभाव हुँदा बिरामी समस्यामा परेका हुन् ।
 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको