उज्यालो

आम्दा र कि ओच बाल अस्पतालमा अक्सिजन प्लाण्टको उद्धघाटन, गुणस्तरिय सेवा दिने प्रतिवद्धता

 

दमक/
दमकमा रहेका दुईवटा सामुदायीक स्तरका अस्पतालमा नयाँ अक्सिजन प्लाण्ट बनेका छन् । ती प्लाण्टको आज स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले उद्धघाटन गर्नु भयो ।

दुवै अस्पतालको प्लाण्टलाई एउटै मञ्चबाट हस्तान्तरण गरिएको थियो । अमेरिका नेपाल फाउण्डेशनको आर्थीक सहयोगमा निर्माण भएका यी प्लाटको फाउण्डेशनका पूर्व अध्यक्ष डा. भुपेश खड्का र मन्त्री बस्नेतले अस्पताललाई हस्तान्तरण गर्नु भयो ।

ग्रहण गर्ने सन्दर्भमा आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. प्रकाश शर्मा र बाल आस्पतालका तर्फबाट कि ओच बाल अस्पतालका सस्थापक बोर्ड सदस्य डा. भगवान कोईरालाको उपस्थिती रहेको थियो ।

आम्दा अस्पतालको प्राङ्गणमा सम्पन्न भएको औपचारिक कार्यक्रममा मन्त्री बस्नेतले दमकका यी दुवै अस्पतालबाट न्यूनतम शुल्कमा जनतालाई अधिकतम सेवा प्रदान गर्न अनुरोध गर्नु भएको थियो ।

समुदाय तथा दातृ सस्थाहरुको सहयोगबाट सञ्चालीत यी अस्पतालहरु नाफाकालागि भन्दा पनि सेवामा विस्वास गर्दै अघी बढ्न उहाँले सुझाव दिनु भयो ।

कार्यक्रममा बोल्दै किओच बाल अस्पतालका सस्थापक डा. कोईरालाले सबैको साथ र सहयोग भएमा स्वास्थ्य सेवालाई अझ गुणस्तरिय बनाउन सकिने उल्लेख गर्नु भयो ।

गर्न चाह्यो भने सकिने रहेछ भन्ने उदाहरण आफुनै रहेको भन्दै देशका सातै प्रदेशमा विषेशज्ञ खालको बाल अस्पताल खोल्ने अभियानको थालनी गरिएको उहाँले उल्लेख गर्नु भयो ।

दमकमा अस्पताल पूणर् रुपमा सञ्चालन नहुदै बिरामीमा बढेको विस्वास र भरोसालाई डगमगीन नदिइ काम गर्ने उहाँले अठोट पनि गर्नु भयो ।

आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शर्माले यो अक्सिजन प्लाण्ट यहाँ जडान भएर सुरु भएदेखि अस्पतालको मासिक १ लाख ५० हजार रुपैँया बचत भएको उल्लेख गर्नु भयो ।

विदेशी भूमिमा बसेर चिकित्सकिय सेवा दिइरहनु भएकाहरुले मातृभूमि प्रति देखाउनु भएको सदभावको प्रषंशा गर्दै डा. शर्माले भन्नु भयो ‘जुन सोच र सेवाको महसुस गरेर यहाँ अक्सिजन प्लाण्ट जोडिदिनु भएको छ हामी त्यो सोचलाई शक्तिमा परिणत गर्दै काम गर्ने छौ र यसको अधिकतम प्रयोगबाट आम्दा अस्पताल र यहाँ आवश्यक भन्दा बढि भएमा हामी अन्यत्र पनि प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्र्दछु ।’

यस्तै अमेरिका नेपाल फाउण्डेशनका पूर्व अध्यक्ष खड्काले यो अक्सिजन प्लाटलाई अस्पतालहरुले हेरचाह गरेर आफ्नै लगानीमा बनाएको हो भन्ने सोचका साथ चलाउन अनुरोध गर्नु भएको छ । यी अक्सिजन प्लाण्टले यस क्षेत्रमा रहेका नागरिकको सहज स्वास्थ्य सेवामा टेवा पुग्ने विस्वास उहाँमा छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले यी दुवै स्वास्थ्य सस्थाको सेवामा नागरिकको भरोसा रहेको र त्यो भरोसालाई अझ बढाएर काम गर्न अनुरोध गर्नु भयो । उहाँले दुवै अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन यहाँ रहेका अन्य आवश्कतालाई मन्त्रालयको तर्फबाट पनि सकेको सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले दमकमा आम्दा अस्पताल भुटानी शरणार्थीको उपचार गर्नकालागि स्थापना भएको र ती शरणार्थीहरु पुःनर्वासमा गइसकेपछि नगरबासीको दायीत्वमा यो अस्पताल आएकोले यसको सेवा गुणस्तरिय बनाउने कुरामा नगरपालिका पनि तयार रहेको प्रतिवद्धता व्यक्त गर्न भयो ।

यसै गरि कार्यक्रमको समापन चरणमा बोल्दै नगर प्रमुख राम कुमार थापाले दुवै अस्पतालको सेवा गुणस्तरिय हुने कुरामा विस्वस्त रहेको बताउँदै भन्नु हुन्छ ‘यहाँका आवश्यकतालाई परिपुर्ति गर्ने जिम्मेवारी हाम्रो पनि हो हामी त्यो कुरामा चिर परिचित छौ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको