प्रदेश १ मा फैलिँदै डेंगी संक्रमण

धनकुटा कोशी प्रदेशमा डेंगी रोगको संक्रमण फैलन थालेको छ । चार वर्ष पहिले महामारीको रुपमा फैलिएको डेंगी रोगको संक्रमण पुनः फैलिन थालेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

निर्देशनाय स्रोतका अनुसार कोशी प्रदेशका सुनसरी र संखुवासभामा सबैभन्दा बढी बिरामी फेला परेका छन् । मोरङ र झापामा पनि यसै हप्तादेखि डेंगी रोगबाट संक्रमण भएका बिरामी देखापरेको निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । रोगबाट सुनसरी जिल्लाको धरानमा सबैभन्दा बढी बिरामी देखिएको उनले बताए ।

उपचारका लागि स्वास्थ्य जनशक्ति तयारी अवस्थामा राखिएको निर्देशक बस्नेतको भनाइ छ । ‘नियन्त्रणका लागि जनशक्ति सक्रिय अवस्थामा राखिएको छ,’ उनले भने, ‘तर लगातारको वर्षा सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको छ ।’ बिरामीको तथ्यांक संकलनका लागि कर्मचारी परिचालन गरिएको उनले जनाए । स्थानीय पालिकासँग समन्वय गरेर संक्रमण नियन्त्रणमा अघि बढिने बस्नेतले बताए ।

त्यस्तै निर्देशनालयका ल्याब टेक्निसियन दिलिप सिंहका अनुसार हालसम्म धरानमा ४० र संखुवासभामा १८ जना डेंगीका बिरामी अस्पताल भर्ना भएका छन् । यो अस्पतालको सम्पर्कमा आएकाको मात्र तथ्यांक हो । तर घरैमा उपचार गराएका र आउनेक्रम जारी रहेकोले तत्थ्यांक बढ्न सक्ने सिंहको भनाइ छ ।

विगतमा मधेश तथा भित्री मधेशमा देखिने डेंगी पछिल्लो केही वर्षदेखि पहाडी जिल्लामा समेत देखिने भएकाले सजग रहन निर्देशनालय सूचित गरेको छ । २०७६ सालमा प्रदेशका १४ मध्ये ११ जिल्लामा डेंगी रोगको संक्रमण महामारीको रुपमा फैलिएको थियो । जसबाट पाँच हजारभन्दा बढी मानिस प्रभावित बनेका थिए । तर, त्यसपछिका वर्षहरूमा छिटपुट बिरामी देखिए पनि यस वर्ष सुनसरीमा बढी फैलिएकाले सजगता अपनाउन निर्देशनालयले सुझाएको छ । रोगबाट बच्न मानिसको बसोबास रहेको स्थानमा लामखुट्टेका लार्भा खोज र नष्ट गर भन्ने विधि मुख्य रहनेछ भने खुला भाँडा तथा गमलामा समेत पानी जम्न नदिन र सरसफाइका विधिलाई ख्याल गर्न पनि सर्वसाधारणमा सूचित गरिएको निर्देशनालयको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको