वडाको स्वास्थ्य केन्द्रमै मुटुको परिक्षण

दमक/
दमक ९ कि लालमाया रञ्जितकार यहाँको स्वास्थ्य केन्द्रमा भेटिनु भयो । हातमा पुर्जा र केहि औषधि बोकेर उहाँ निस्कन लाग्नु भएको थियो ।
यहि बेला हामीले सोध्यौ केको औषधि बोक्नु भएको भने ।

‘मुटु दुखिसहन्थ्यो । कस्तो रहेछ भनेर देखाउन आएको डा.सावले चेक गरेर लेखिदिएको औषधि बोकेकी ।’ उहाँले आफ्नो मुटुको अवस्थाबारेमा आम्दा अस्पतालमा कार्यरत डा. सुरज नेपालीलाई देखाउनु भएको थियो ।

गत सुक्रबार डा. सुरजले दमक नगरपालिकाको वडा नं ६ मा रहेको स्वास्थ्य केन्द्रमा आएर आफ्नो सेवा दिनु भएको थियो ।
वडा कार्यालयले आयोजना गरेको स्वास्थ्य शिविरमा आएर स्वास्स्थ्य परिक्षण गर्ने काम गरिएको उहाँले बताउनु भयो ।

शिविरमा आउने अधिकांशहरुमा नसर्ने रोगहरुको परिक्षण भएको उहाँको भनाई छ । यसले दमकको मुख्य बजार क्षेत्रका नागरिकको परिक्षण गर्दा नसर्ने रोगहरुको स्थिती चिन्ताजनक रहेको उल्लेख गर्नु भयो । खासगरि खानपान, व्यस्त दैनिकी, कम शारिरिक अभ्यासका कारण यस्ता रोगहरुको जोखिम बढिरहेकोले ध्यान दिन उहाँले सुझाव दिनु भएको छ ।

विभिन्न औषधी कम्पनीहरुले यहाँ सम्पन्न भएको शिविरमा निशुल्क औषधि प्रदान गरेका थीए । मुटु, मधुमेह तथा प्रेसरलाई चाहिने बिभिन्न प्रकारका औषधीहरुको प्रबन्ध गरिएको औषधी व्यवसायी सघं झापाका अध्यक्ष गौतम गुप्ताले बताउनु भयो । उहाँका अनुसार करिव २ देखी ३ लाख रुपैँया बराबरको औषधि शिविरमा ल्याइएको र शिविरमा वितरण गरेर बाँकी रहेका औषधिहरुलाई स्वास्थ्य केन्द्रलाईनै प्रदान गरिएको पनि उहाँले जानकारी दिनु भएको छ ।

 

वडाले आफ्नो वडाबासीको मुटु, मधुमेह तथा प्रेसरको स्थिती कस्तो रहेछ भन्ने कुराको थाह पाउन यो शिविर आयोजना गरेको थियो । यसले वडाको स्वास्थ्य अवस्था कस्तो रहेछ भन्ने कुराको केहि अनुमान गर्न सकिने स्वास्थ्य स्वास्थ्य केन्द्र दमक ६ का प्रमुख चेनत निरौलाले बताउनु भयो ।

वडाबासीको स्वास्थ्य अवस्था थाह पाएपछि वडामा अव स्वास्थ्य सम्बन्धीका कस्ता काम गर्नुपर्ने रहेछ भन्ने कुराको पनि थाह हुने भएकोले यो निशुल्क शिविर आयोजना गरिएको वडाध्यक्ष टेक बहादुर थापा बताउनु हुन्छ । यसले स्वास्थ्यको अवस्था थाह पाउँनैकालागि अस्पताल गइरहनुपर्ने अवस्थाको अन्त्य हुने विस्वास वडाले राखेको पनि उहाँले सुनाउनु भयो ।

यता दमक नगरपालिकाका प्रमुख राम कुमार थापा भन्नु हुन्छ यस प्रकारको सेवा दमकका हरेक वडामा प्रत्येक महिना पुर्याउने निति बनाइएको छ । अव हरेक वडाबाट विषेशज्ञ सहितको स्वास्थ्य सेवा पाइने उहाँले उल्लेख गर्नु भयो ।

नागरिकका स्वास्स्थ्य सम्बन्धीका सामान्य समस्यालाई वडामै रहेका आधारभूत स्वास्थ्य केन्द्रबाट हल गर्ने र निशुल्क एम्बुलेन्सको सुविधा पनि दिने तयारी नगरले बनाएको स्वास्थ्य सम्बन्धीको नितिमा समावेश गरिएको नगर प्रमुख थापाको भनाई छ ।

यता कोशी प्रदेशका प्रदेश सभा सदस्य होम बहादुर थापाले यस प्रकारको स्वास्थ्य शिविरले नागरिकमा सामान्य भन्दा सामान्य स्वास्थ्य समस्या हुँदा पनि अस्पताल जानुपर्ने बाध्यताको अन्त्य गर्ने बताउनु भयो । यसलाई सबैतीर अझ प्रभावकारी बनाएर अघी बढाउन आवश्यक बजेट र कार्यक्रम बनाउनु पर्ने कुरामा जोड दिइने उल्लेख गर्नु भएको छ ।

सोहि अवसरमा आधारभूत स्वास्थ्य केन्द्रको नयाँ ल्यावको पनि उद्धघाटन गरिएको थियो । प्रदेशसभा सदस्य होम थापा, नगर प्रमुख राम कुमार थापा , वडाध्यक्ष टेक बहादुर थापा लगायतले संयूक्त रुपमा सो ल्यावको उद्धघाटन गर्नु भएको थियो ।

साथै शिविर सम्पन्न गर्ने विभिन्न ओषधि वितरक एवं अन्य सहयोगीहरुलाई प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको