गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

खोटाङका / खोटाङका ग्रामीण क्षेत्रका गर्भवती महिलाले निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । जिल्ला सदरमुकामभन्दा टाढा रहेको खोटेहाङ गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएसँगै गर्भवती महिलाले निःशुल्क र अन्य बिरामीले सुलभ सेवा पाउने भएका हुन् ।

खोटेहाङ गाउँपालिकाभित्रका स्वास्थ्य संस्थासम्म गर्भवती महिलाहरूलाई एम्बुलेन्सले निःशुल्क सेवा दिने गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताउनुभयो । अवस्था जटिल भएर काठमाडौं लानुपरेमा राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत हेलिकोप्टरमार्फत गर्भवती महिलाहरूले सेवा पाइरहेका छन् । तसर्थ पालिकाभरिका स्वास्थ्य संस्थामा लान एम्बुलेन्स निःशुल्क गरिएको उहाँको भनाइ छ ।  जिल्ला सदरमुकाम दिक्तेल, छिमेकी जिल्ला भोजपुर, उदयपुरको गाईघाटसम्म लानुपर्ने अवस्था आएमा पनि गर्भवती महिलाका लागि एम्बुलेन्स निःशुल्क हुने अध्यक्ष राईले बताउनुभयो ।

केही समय अघिसम्म युके समाजले सहयोग गरेको एम्बुलेन्स खोटेहाङ गाउँपालिकामा सञ्चालनमा थियो । तर हाल उक्त एम्बुलेन्स बिग्रिएर थन्किएको हुँदा जटिल अवस्थाका बिरामीहरूलाई अस्पताल लान नसक्ने अवस्था  थियो । महँगो भाडा तिरेर गाडीमा अस्पताल लानुपर्ने नागरिकको समस्या गाउँपालिकाले खरिद गरेको एम्बुलेन्सले अन्त्य गर्ने गाउँपालिका उपाध्यक्ष रुपेश राईको विश्वास छ । एम्बुलेन्स नहुँदा जटिल अवस्थाका बिरामीहरूलाई धेरै पटक जनप्रतिनिधि चढ्ने गाडीमार्फत उद्धार गरिँदै आएको उपाध्यक्ष राईले बताउनुभयो ।

गर्भवती महिलाका लागि निःशुल्कसँगै अन्य बिरामीका लागि पनि तेल खर्चमात्र उठ्ने भाडादर राखिने उहाँको भनाइ छ । चालकलाई तलब र मर्मत खर्च गाउँपालिकाले बेहोरेर तेल खर्च उठ्ने गरी भाडादर कायम गरेर नागरिकलाई सुलभ रूपमा एम्बुलेन्स सेवा सञ्चालन गरिने उपाध्यक्ष राईले बताउनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको