दमक/
बालबालिका तथा अन्य उमेरका जो सुकै पनि उमेर अनुसार हुने प्राकृतिक परिवर्तन भएन र ढिला भयो भने त्यो बृत्ति विकासमा कमी भएको भन्ने बुझिन्छ । इलामका कमल राई उमेरले तीन वर्ष पुग्नु भएको छ । यो उमेरमा अन्य बालबालिकाहरु ठम ठमी हिड्ने, दोहोरो संवादनै गर्ने गर्छन । यसले गर्दा यहि उमेर देखीपनि कतिपय अभिभावकले बालकक्षामा भर्नापनि गर्ने गरेको पाइन्छ । तर कमलमा भने यस्तो देखिएन । उहाँ अहिले पनि हिड्न मात्रै नभएर बस्न पनि सक्नु भएको छैन । तर यो उहाँको जन्मजात रोग भने होईन । एका एक समस्या देखिएको कमलकी आमा मनिसा राईको भनाई छ ।
कमल जन्मेको ९ महिना सम्ममा सव कुरा ठीक ठाक थियो । सबै बृत्तिविकास भइनै रहेको थियो । तर एक्कासी समस्या भएपछि परिवारमा चिन्ता बढ्न थाल्यो । वृत्तिविकास हुनुपर्ने छोरो झन झन कमजोर हुँदै गयो । त्यसपछि उहाँले चिकित्सकलाई देखाउनु भयो । चिकित्सकको सल्लाहबाटनै उहाँले अहिले फिजियो थेरापी गराइरहनु भएको छ । छोराको वृत्तिविकासमा अहिले सहयोग भइरहेको छ ।
अहिले भने कमल खेल्न थाल्नु भएको छ । आफै बस्न थाल्नु भएको छ । अभिभावक तथा अन्यले बोलेका सामान्य भाषा तथा संकेत बुझ्न थाल्नु भएको छ । आफैपनि केहि प्रतिकृया दिन थाल्न सक्ने हुनु भएको छ । यो सबै कसरी सम्भव हुँदै छ त ? दमक ५ स्थित बेलडाँगी रोडमा रहेको फिजियो केयर एण्ड रिहाव सेन्टरका फिजियो थेरापिस्ट डा. मनोज यादवका अनुसार यहाँ आउँदा घाटि स्थिर नहुने अर्थात आफ्नै नियन्त्रणमा नरहने, बस्न पनि नसक्ने स्थितीमा ल्याइएका कमलको अहिले भने फिजियो थेरापी मार्फतनै ती
पछिल्लो समयमा बालबालिकामाहरु यस्ता समस्या बढ्न थालेको डा. यादवको भनाई छ । आवश्यकता भन्दा बढि इलोक्ट्रोनिक सामाग्रीको प्रयोग गर्ने, साथीभाईसँग कम घुलमिल हुने, परिवारका सदस्यहरुले पनि बालबालिकाको गतिविधिमा कम ध्यान दिने जस्ता कारणले यस्ता रोगको समस्या बेढिरहेको उहाँले बताउनु भयो । यद्यपी यस्तो रोग लाग्दा नअत्तालिन र फिजियो थेरापी तथा स्पिच थेरापी लगायतका अन्य उपचारका पद्धतीद्धारा उपचार सम्भव रहेको डा यादवको सुझाव रहेको छ ।
दमकमा रहेको फिजियो केयर एण्ड रिहाव सेन्टरमा पनि अहिले यस प्रकारका बालबालिकाको उपचार गराउन छुट्टै क्याविन बनाइएको र विषयका बिज्ञहरु उपलब्ध रहेको पनि जनाइएको छ ।









