दमकको कोभिड अस्पताल अलपत्र, धरानमा भने डेङ्गी अस्पताल बनाइयो

दमक/
कोभिडका बेला ३५ बेड क्षमता भएको कोभिड उपचार केन्द्र भनेर स्थापना गरिएको संरचना दमकमा अलपत्र बनेको छ ।

यहाँको वडा नं २ स्थित बेलडाँगीमा बनाइएको सो अस्पताल कोभिड पछि कुनै पनि प्रयोजनमा ल्याउन नसक्दा प्रयोग बिहिन बनेको यहाँका वडाध्यक्ष प्रजापति सापकोटाले उज्यालो खवरलाई जानकारी दिनुभयो ।

यसलाई के गर्ने भन्नेबारेमा नगरको स्वास्थय शाखाले पनि अहिले सम्म कुनै योजना नबनाएको दमक नगरपालिकाको सिनियर अहेव नगेन्द्र भट्टराईले बताउनु भयो ।

डेङ्गी अस्पताल सञ्चालन गर्ने भन्नेबारेमा नसोचिएको बताउँदै उहाँले भन्नु भयो ‘दमकको उत्तरी क्षेत्र र खासगरि शरणार्थी शिविरका शरणार्थीलाई लक्षित गरेर स्वास्थ्य केन्द्र बनाउने सोच भएको हो तर त्यो पनि होला जस्तो छैन । ’

उहाँका अनुसार पूनर्ःवासमा गएका भुटानी शरणार्थीहरुको संगठन इन्ट्रा फाण्उडेसशनले दमक नगरपालिकालाई एउटा एम्बुलेन्स दिने बारेमा सम्झौता भयो ‘हामीले त्यहि कोभिड अस्पताललाई शरणार्थी लक्षित स्वास्थ्य केन्द्र बनाउँ भनेर अर्को प्रस्ताव पनि राख्यौ तर दुरीका हिसावले टाढा हुने भन्दै उनीहरुले सो प्रस्ताव अस्विकार गरेकोले त्यो संरचनामा के गर्ने भन्नेबारेमा अहिले कुनै टुङ्गोमा पुगिएको छैन । ’ भट्टराईको भनाई छ ।

दमक नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को निती तथा कार्यक्रममा पनि सो अस्पताललाई केमा प्रयोग गर्ने भन्नेबारेमा उल्लेख नगरेकोले नगरकै वेवास्थामा परेको प्रष्ट हुन्छ ।

घोपाको कोभिड अस्पताललाई डेङ्गी अस्पताल बनाइयो

सुनसरीको धरान तथा कोशी प्रदेशका तराई क्षेत्रमा डेङ्गी संक्रमित बढ्न थालेपछि छुट्टै अस्पताल बनाइएको छ ।
यहाँको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० बेडको डेंगी अस्पताल सञ्चालनमा ल्याएको हो ।

प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सी र डेंगी क्लिनिकले धान्न नसकेपछि आइतबारदेखि छुट्टै डेंगी अस्पताल सञ्चालनमा ल्याइएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा प्रल्हाद कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार यस अघी कोभिडको समयमा सय बेड क्षमताको कोभिड-१९ अस्पताललाई अहिले तत्कालका लागि डेंगी अस्पतालको रुपमा परिवर्तन गरेको हो ।

पछिल्लो दुई दिनयता प्रतिष्ठानको ५० बेडको अब्जर्भेसन वार्डमा ८५ प्रतिशत बेड डेंगीका बिरामीले भरिएपछि छुट्टै डेंगी अस्पताल सञ्चालनमा ल्याइएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको