डेङ्गुबाट बचौ

दमकमा १३ जनामा डेङ्गु, नियन्त्रण गर्न दश-दश ‘फर्मुला’

दमक/
झापाको दमकमा१३ जनामा  डेङ्गु संक्रमण देखीएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार दमकका विभिन्न अस्पतालमा उपचार गराइरहेकाहरुको रिपोर्टका आधारमा १३ जनामा संक्रमण देखिएको हो ।

यसको नियन्त्रणकालागी नगरपालिकाले जनचेतनाको कामलाई तिव्र रुपमा अघी बढाउने भएको छ ।
दश दश फर्मुला कार्यान्वायन गरिने

देशब्यावी रुपमा डेङ्गुका संक्रमित बढिरहेको र यसको नियन्त्रण गर्न बिभिन्न अभियान चलाइरहदा दमकमा भने दश-दशको फर्मुला प्रयोग गरिने भइएको छ ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका बद्री बरालका अनुसार प्रत्येक हप्ताको सुक्रबार बिहान १० बजे देखी दश बजेर १० मिनेट गए सम्म आफ्नो कार्यालयको बाहिर र भित्र सफा गर्ने अभियाननै दश दशको फर्मुला रहेको बरालले बताउनु भयो ।
सामुहिक अनुगमन गरिने
स्वास्स्थ्य कार्यालयले आज दमक नगरपालिकामा डेङ्गुका जोखिम र यसबाट बचिने उपायका बारेमा अभिमुखी कार्यक्रम गरेको छ । दमकका विभिन्न टोलका प्रतिनिधी, वडाध्यक्ष तथा केहि सं सस्थाका प्रतिनिधीहरुलाई एकै ठाउँ राखेर गरिएको कार्यक्रमले सरसफाई अभियनमा जुटन मद्यत पुग्ने अपेक्षा नगरको छ ।
‘आज नगरका जिम्मेवार व्यक्तिहरुलाई अभिमुखीकरण तालिम दिइएको छ । अव यसको रोकथाम र नियन्त्रण गर्न उहाँहरुकै नेतृत्वमा अघी बढ्ने छौ । आफ्नो घर, टोल र वडा सफा राख्न र देखिएका एवं भेटिएका लाभ्रा नष्ट गर्न उहाँहरुको प्रभावकारी भूमिका रहनेमा हामी विस्वस्त छौ । बरालले उज्यालो खवरसँगको कुराकानीमा बताउनु भयो ।
फगिङ नगर्ने
अहिले विभिन्न स्थानमा डेङ्गु नियन्त्रण गर्न भन्दै धुवा फाल्ने र त्यसबाट लामखुट्टे वा त्यसका लाभ्रा नष्ट हुन्छ भन्ने सोचाई छ । तर त्यसरी गरिएको फगिङले मानव स्वास्थ्यमा असर पर्ने भएकोले दमकमा त्यस प्रकारको केमिकलयूक्त फगिङ नगर्ने स्वास्स्थय शाखाका प्रमुख नगेन्द्र भट्टराई बताउनु हुन्छ । ‘
बरु हामी पानी जमेका ठाउँमा मट्टितेल हाल्छौ , लाभ्रा त्यहि नष्ट गछौ तर फगिङ चाहि गर्दैनौ यसले मानव स्वास्थयमा असर पार्ने काम गर्दैनौ ।’ भट्टराईको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको