होसियार बजार

दमकको बजार क्षेत्रमा डेङ्गुको जोखिम, अनुगमन गर्दा कस्तो देखियो?(तस्विरमा हेरौ)

 

दमक/
डेङ्गु संक्रमण गाउँमा भन्दा बढि बजारमा रहेको दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले बताउनु भयो ।
दमक नगरको बजारी क्षेत्रमा अनुगमन गर्ने क्रममा विभिन्न पसल, होटल तथा अन्य स -साना लघु एवं घरेलु उद्योगहरुको आसपासमा पानी जमेको भेटिएकोले यसको जोखिम बजारी क्षेत्रमा बढि देखिएको उहाँको भनाई छ ।


‘बजार क्षेत्रमा विभिन्न प्रकारका पसलहरु छन्, पसलको अगाडी वा पछाडि विभिन्न डिव्वाहरु फालिएका हुदा रहेछन् । ति डिब्बामा कहिले देखीको पानी जमेको भेटियो । पानीमा डेङ्गु फैलाउने लामखुट्टेका लार्भापनि देखियो । त्यसैले गाउँमा भन्दा बजारी क्षेत्रमा डेङ्गुको जोखिम बढि छ । ’ भट्टराईले उज्यालो खवरसँगको कुराकानीका क्रममा बताउनु भयो ।

आज दमक नगरपालिका वडा नं ६ ले बजारको अवस्था के रहेछ भनेर गरेको अनुगमनमा यहाँका विभिन्न गमला उद्योग, नयाँ घर बनिरहेका निर्माणाधिन क्षेत्रहरुमा, घरको छैट, घर अगाडी राखीएका गमला तथा बट्टाहरुमा लार्भा सहित पानी जमेको भेटिएपछि त्यसलाई नष्ट गर्ने काम गरिएको वडाध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभयो ।


मानव स्वास्थ्यलाई गम्भिर समस्या पार्ने भनेर विस्व स्वास्थ्य संगठनले समेत फगिङ नगर्नु भनेकोले लार्भा नष्ट गर्न बोतल बोतलमा मट्टितेल, फिनेल तथा मोविल लिएर हिड्ने गरेको र पानी जमेका ठाउँमा ती पदार्थ हाल्ने गरेको दमक नगरपालिका वडा नं ६ को स्वास्थ्य सेवाकेन्द्रका प्रमुख अहेव चेतन निरौलाले बताउनु भयो ।

यसबाट जोगिन हरेक घरमा पानी जम्न नदिने, पानी जमेका ठाउँमा त्यो पानीको नष्ट गरि त्यहि घरमै भएको मट्टितेल, फिनेल वा मविल हालेर लार्भा मार्न सकिने भन्नेबारेमा जनचेतना फैलाउने काम भइरहेको अभियानमा सहभागी हुनु भएका दमक नगरपालिकाका प्रमुख प्रशाषकिय अधिकृत डमरु प्रसाद निरौलाले जानकारी दिनु भएको छ ।

नगरका सबै वडाका हरेक टोलका प्रतिनिधीहरुलाई यसबारेमा अभिमुखीकरण समेत गरिसकिएकोले जोखिम भएको ठाउँमा नगरलाई खवर गरि स्वास्थ्य शाखासँग समन्वय गरेर डेङ्गु नियन्त्रण गर्न सबै लागि पर्नुपर्ने उहाँले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको