दमक/
झापाको दमकमा हिजो देखी सुरु भएको कपाल प्रत्यारोपण कस्तो हो भन्ने धेरैको चासो हुन सक्छ । दमक ६ स्थित रातो पुल पूर्व तर्फ जि वान स्किनले आयोजना गरेको यो प्रकारको मेलामा कपाल प्रत्यारोपण सम्बन्धीका बिज्ञहरुलाई भारतबाट ल्याइएको छ ।
मेला आयोजना भए सम्म उहाँहरु यहाँ बसेर सेवा दिनु हुने छ । अर्थात कपाल प्रत्यारोपणलाई अझ सहज बनाइदिनुहुने छ ।
दमक पहिलो पटक यस प्रकारको मेला आयोजना गरिएको बताउँदै वरिष्ठ छालारोग विषेशज्ञ डा. गुरु पौडेल भन्नु हुन्छ ‘यो मेला टाउँको अर्थात तालुमा कम कपाल भएकाहरुकालागि एउटा अवसर हुने छ । जहाँ उहाँहरुले कम भन्दा कम सुल्कमा विषयका बिज्ञहरुबाट सेवा पाउनु हुने छ । ’
कपाल प्रत्यारोपणको बारेमा बुझ्नै मात्र चाहनेकालागि पनि यो एउटा अवसर हुने उहाँले बताउनु भयो ।
नयाँ प्रविधिको प्रयोग गरि सुरक्षीत तरिकाले कपाल प्रत्यारोपण गराएर आफ्नो तालुलाई भरिभराउ कपालले सुन्दर बन्ने यो एउटा महत्वपूर्ण अवसर रहेको पनि उहाँले सुनाउनु भयो ।
कपाल प्रत्यारोपण मेलाका सम्बन्धमा डा. पौडेलसँग गरिएको कुराकानीको भिडियो यहाँ राखीएको छ ।
https://www.facebook.com/TheUjyaalokhabar/videos/1393297171235246









