आँखा पाक्ने रोग : बालबालिकामा जटिल बन्दै, यसको उपचारबारे थाह पाउँ(भिडियो सहित)

 

 

दमक/

पछिल्लो समयमा मौसममा आएको परिवर्तनका कारण आँखा पाक्ने रोग फैलिन थालेको छ । आँखा पाक्ने अर्थात आँखाको नानीको भाग रातो देखिने समस्या अहिले बढ्दो छ ।

 

शहर बजारमा यसका कारण चस्मा लगाएर हिड्नेहरु प्रशशस्त छन् । जसले गर्दा सकभर बाहिर ननिस्कन पाए हुने थियो भनेर उनीहरु चाहन्छन् ।

 

अझ विद्यालय क्षेत्रमा यसको प्रकोप पढ्दो छ । बालबालिकाहरुले आफ्नो आँखा कसरी सुरक्षित राख्ने भन्नेबारेमा सामान्य ज्ञान समेत नपाएको हुनाले यसको जोखिम बालबालिमामा अझ बढेको दमक स्थित आम्दा अस्पतालका बालरोग विषेशज्ञ डा. लिला सुन्दर श्रेष्ठले बताउनु भयो ।

 

‘हातले आँखा छुन हुँदैन, आँखामा पानीले सफा गरिरहनु पर्छ । कहि सार्वजनिक ठाउँको बाहिरी भागमा हातले छाइयो भने हात तुरुन्तै धुनु पर्छ, साथमा रुमाल राखीरहन पर्छ लगायत कुराको ख्याल कलिला बालबालिमा हुँदैन र उनीहरुमा यो जोखिम बढ्छ ।’

 

डा. श्रेष्ठले उज्यालो खवरसँग कुराकानी गर्दै भन्नु भयो यसमा ठुलै मानिसको पनि हेलचेक्राई छ । बाहिर बाट आउने बित्तिकै केटाकेटिलाई छुने, बोक्ने, बाहिरबाट ल्याइदिएका सामान हतार हतार दिइहाल्ने जस्ता कृयाकलापले पनि उनीहरुमा जोखिम बढेको उहाँको भनाई छ ।

 

खासमा आँखा पाक्ने रोग बालबालिकामा मात्रै बढि हो त ? भनेर हामीले उहाँसँग छोटो संवाद गरेका छौ ।

संवादको भिडियोलाई यहाँ राखीएको छ ।

आँखा पाक्ने रोगले बालबालिका बढि प्रभावित, यो रोगले आँखाको उपचारनै गराउन पर्छ ? बिज्ञको बिचार हेरौ – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु