डेँगु संक्रमण फैलन नदिन मेचीनगरमा “लार्भा खाेज र नष्ट गर” अभियान शुरू

मेचीनगर ।

मेचीनगरमा डेँगु संक्रमण फैलन नदिन लार्भा खाेज र नष्ट गर अभिान सञ्चालन गरिएको छ । पछिल्लो समय देशैभर महामारीको रूपमा फैलिदैं गएको डेँगु रोगको संक्रमण नगरमा फैलन नदिन नगरपालिकाले लार्भा खाेज र नष्ट गर अभिान सञ्चालन गरेको हो ।

नगरपालिकाले शुक्रबारबाट सुरू गरेको डेँगु राेग नियन्त्रणका लागि लार्भा खाेज र नष्ट गर अभिानको शुरुवात मेचीनगर-६ स्थित काँकरभिट्टा बजार सहित विभिन्न टाेलहरुमा गरेको छ । यो अभियान नगरको पन्द्रवटै वडामा सञ्चालन हुने मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले जानकारी दिइन् ।

अभियानको शुरूवातमा आज मेचीनगर-६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मेचीनगर स्वास्थ्य शाखा प्रमुख निरौला, पुजन अधिकारी, वडा सदस्य, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका, आमासमूहलगायतको सक्रिय सहभागीता रहेको थियो ।

त्यस्तै मेचीनगर ७ ले बिहीबार (हिजो) प्यारीभिट्टाको नयाँ बसपार्क, वडा कार्यालय, मेचीनगरको प्रवेश मार्ग र नगरपालिकाको कार्यालय परिसरलगायत सार्वजनिक स्थलहरूमा सरसफाइ गरेको थियो ।

मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओलीको संयोजनमा वडा क्षेत्रका सार्वजनिक स्थल सरसफाइ अभियान सञ्चालन गरिएको छ । सरसफाइ अभियानको अगुवाइ स्थानीय हाकिम तिम्सिनाले गरिरहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको