दमकमा जेखिम क्षेत्रमा आँखाको औषधि निशुल्क वितरण (भिडियोमा हेरौ)

 

दमक/
आँखा पाक्ने रोगबाट बचाउँन वडा सरकारले यहाँका केहि जोखिम क्षेत्रमा निशुल्क आँखामा हाल्ने औषधि वितरण गरेको छ ।
दमक नगरपालिका वडा नं ८ ले आफ्नो वडा भित्र रहेका सामुदायीक विद्यालयहरुका विद्यार्थीहरुलाई औषधि वितरण गरेको वडाध्यक्ष धर्मप्रसाद दाहाल(दिपेश)ले जानकारी दिनु भयो ।

 

वितरण कार्यक्रममा उज्यालो खवरलाई संक्षिप्त प्रतिकृया दिदै वडाध्यक्ष दाहाल भन्नु हुन्छ ‘प्रकोप नियन्त्रण गर्न हामीले जोखिम भएका ठाउँमा आँखामा हाल्ने औषधि वितरण गरेका छौ । यो काम हामीले यहाँ रहेको जेष्ठ नागरिक प्रतिस्ठान र केहि विद्यालयमा वितरण गरेका हौ ।’

 

वडाले एक हजार बट्टा आँखामा हाल्ने झोल औषधि खरिद गरेको छ । यो औषधि यहाँको जनता आधारभूत विद्यालयमा २ सय वटा, पशुपति माद्यमिक विद्यालयमा १ सय ५० वटा र जेष्ठ नागरिक प्रतिस्ठानमा एक सय बट्टा वितरण गरिएको छ ।

 

बाँकी रहेको औषधि वडाको आधारभूत स्वास्थ्य केन्द्रमा राखीएको र जोखिम भएका जो सुकै वडाबासीले आएर यो निशुल्क ग्रहण गर्न सक्ने व्यवस्था मिलाइएको वडा कार्यालयले जनाएको छ ।

 

स्वास्थ्य केन्द्रको सिफारिसमा वडाको आर्थिक वर्ष २०८०÷८१ को सामाजीक योजना अन्तर्गतको स्वास्स्थ्य शिर्षकमा बिनियोजित रकमबाट यो खरिद गरिएको वडा सचिव सन्दिप सुवेदीले उज्यालो खवरलाई जानकारी दिनुभयो । प्रति थान २९ रुपैँयाका दरले खरिद गरिएको पनि उहाँले जानकारी दिनु भएको छ ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको