कोभिड बुटि : श्रींखला ३ , भाग २

ओमिक्रोन र डेल्टा कुन खतरा ? डा बोहोरा भन्छन् ‘ओमिक्रोन एउटा मौसमी रुघा जस्तै मात्र हो ।’ (भिडियो सहित)

 

दमक/
कोभिड १९ भाइरसको डेल्टा भेरियन्टको क्षति बिर्सन नपाउँदै दक्षिण अफ्रिकामा भाइरसको म्युटेशन भएर बी.१.१.५२९ को नयाँ भेरियन्ट देखियो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले २६ नोभेम्बरमा उक्त म्युटेशनको नाम ओमिक्रोन राख्दै भेरियन्ट अफ कन्सर्न घोषणा गर्‍यो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ मंसीरमा प्रेस विज्ञप्ति जारी गर्दै यसबाट आम नागरिकलाई विदेश भ्रमण नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। विश्वभर बिभिन्न देशमा यो भेरियन्ट फैलिसकेकाले नेपालमा पनि सतर्क हुनुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन्।डेल्टा भेरियन्टको क्षति नजिकबाट देखेका जनस्वास्थ्यविद्धहरू नयाँ भेरियन्टसँग सतर्क हुनुपर्ने बताउँछन्।

कोरोनाभाइरसको नयाँ भेरिअन्टबारे दुई ठूला प्रश्नहरू छन् । ओमिक्रोन कति छिटो फैलिन्छ? र यसले हामीलाई कति सिकिस्त बिरामी पार्छ?यो कुरो बुझेपछि ओमिक्रोनले ल्याएको जोखिम र चुनौती बुझिन्छ।रोग प्रतिरोधी क्षमता ज्यादै महत्त्वपूणर् छ। ओमिक्रोनले समयलाई उल्टो हिँडाएर हामीलाई महामारीको सुरुवाती अवस्थामा पुर्‍याएको छैन तर अन्यौलताले सबै कुरालाई छोपेको छ र उल्लेखीत प्रश्नको जवाफले यी भ्रमहरु चिर्न मद्यत पुर्याउने छ । अहिले नेपालमा देखिएको कोरोना ओमिक्रोनमा कुन बढि खतरानक हुन्छ भन्ने प्र्रश्न सोधेका छौ कोरोना सम्बन्धीका अध्ययता दमक अस्पतालका डा. दिवस बोहोरालाई ।

‘ अमिक्रोनसँग आत्ती हाल्नु पर्ने स्थिती छैन । यो सामान्य एउटा मौसमी रुगामर्की जस्तो मात्रै हो ।’ डा. बोहोरोले कोभिड बुटि निर्माण समुहसँग कुरा गर्दै भने ‘ अहिले देखिइरहेको कोरोनाको लक्षण र ओमिक्रोनको लक्षण पनि उस्तै नै हो । हालसम्म देखिएकामध्ये पाँच कोरोना भाइरसलाई ‘भाइरस अफ कन्सर्न’को रूपमा विश्व स्वास्थ्य सङ्गठनले लिएको छ । यसमा अल्फा, बिटा, गामा, डेल्टा र ओमिक्रोन रहेका छन् । ओमिक्रोन भेरियन्ट पहिलोपटक गत९ नोभेम्बर ९ तारिखमा दक्षिण अफ्रिकामा देखिएको थियो । यसको सङ्क्रमण छिटो फैलिएपछि डब्लुएचओले चासोका साथ हेरेको थियो । यो नयाँ भेरिअन्ट (बी १.१.५२९) एकदमै छिटो फैलिएको पाइएकोले सर्तकता रहन चाहि पर्ने डा. बोहोराको आग्रह छ ।

भिडियो

डेल्टामा भन्दा ओमिक्रोनमा अत्यन्तै धेरै म्युटेशन देखिएको डा. बोहोराको भनाई छ । भाइरसको स्पाइक प्रोटिनमा डेल्टा र अल्फा भेरियन्टमा देखिएकासँगै थप नयाँ म्युटेशन देखिएको कारणले गर्दा सङ्क्रमणदर बढ्ने र कोभिड-१९ विरुद्धको एन्टीबडीले काम नगर्ने हो कि भन्ने शङ्का रहेको उहाँले बताउनु भयो ।

‘पुरानो भेरियन्ट हराएर नयाँ भेरियन्ट धेरै देखिनु भनेको सामान्यतया भाइरस धेरै सङ्क्रामक र पुरानो एन्टीबडीले काम नगर्ने अवस्थामा पुगेको हो। यसअघि डेल्टा भेरियन्टको प्रकोप भएका ठाउँमा अहिले ओमिक्रोन भेरियन्ट फैलिंदै गएको हुँदा डेल्टाभन्दा यो अझै सङ्क्रामक हो कि भन्ने शङ्का गर्न सकिन्छ । डा. बोहोराले उल्लेख गर्नु भयो ।

हाल उपलब्ध अधिकांश खोप कोरोनाको स्पाइक जीनलाई नै लक्षित गरेर विकास गरिएका छन्। तर खोप लगाएपछि बनेका एन्टिबडीले स्पाइक जीनमा अत्यधिक स्वरूप परिवर्तन भए त्यसको पहिचान गरी निष्क्रिय पार्न सक्ने सम्भावना कम हुने डा. बोहोराले बताउनु भएको छ । यस्तै, सम्भावना/अनुमान ’डेल्टा भेरियन्ट’मा पनि गरिएको थियो। ’

डेल्टा भेरियन्ट’विरूद्ध खोपको प्रभावकारिता क्लिनिकल ट्रायलमा देखिएकोभन्दा केही खस्किएको भएता पनि समग्रमा धेरैलाई जटिल वा मृत्यु हुनबाट जोगाएको थियो। त्यसैले अव खोप लगाउँन बाँकी उमेर समुहलाई तत्काल खोपको व्यवस्था मिलाउन र दुबै डोज लगाइसकेकाहरुलाई बुष्टर डोज खोप लगाइहाल्न उहाँले सुझाव दिनु भएको छ ।

भिडियो

कोभिडका डेल्टा, अल्फा, बीटा अनि गामा जस्ता प्रमुख भेरिअन्टहरूले गराउन सक्ने गम्भीर बिरामी हुनबाट जोगाउन खोपहरू अझै प्रभावकारी छन्।हाल देखिएका अनि भविष्यमा देखिन सक्ने भेरिअन्टहरूबाट अधिकतम सुरक्षा प्राप्त गर्नका लागि खोपका सुझाइएको मात्रा प्राप्त गर्न अत्यावश्यक रहेको चिकित्सकहरू बताउँछन्।कोभिड भेरिअन्टविरुद्ध खोपहरूको नयाँ संस्करणहरू कुनै बिन्दुमा आवश्यक पर्न सक्ने आकलन गरेर परीक्षण भइरहेका छन्।परीक्षणका लागि नयाँ खोपहरू केही हप्तामै तयार हुन सक्छ।

उत्पादकहरूले छोटो समयमै उत्पादन बढाउन सक्छन् र नियामकहरूले स्वीकृति दिने प्रक्रियालाई कसरी छिटो बनाउने भन्ने विषयबारे छलफल गरिरहेका छन्।कुनै पनि प्रक्रिया नछोडिए पनि परीक्षणदेखि स्वकृतिसम्मको प्रक्रिया कोभिडको पहिलो खोप विकास गर्न लागेको समयभन्दा निकै कम लाग्ने बताइएको छ।

 

भिडियो

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तमिलनाडुका किसानलाई ठूलो राहत

भारत,१२ जेठ। तमिलनाडुका नवनियुक्त मुख्यमन्त्री तथा चर्चित अभिनेता जोसेफ विजयले किसानहरूको हितमा एउटा ऐतिहासिक र साहसिक कदम चाल्नु भएको छ । सरकारले राज्यका लाखौँ किसानहरूलाई

४ दिनदेखि बेपत्ता महिला मृत फेला

उर्लाबारी,१२ जेठ । मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव स्थानीय बक्राहा खोलाको डिलमा फेला परेको छ । चार दिनदेखि हराइरहेकी लिम्बूको शव

किसानको समस्या समाधान गर्न सांसद अमरेश सिंहको माग

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले उखु किसानको भुक्तानी र मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

रास्वपाका सांसद गजुरेलको पानीजन्य दुर्घटना रोक्न सरकारलाई ध्यानाकर्षण

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले पानीमा डुबेर हुने मृत्युका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुु भयो । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाही,१२ जेठ । सर्लाही प्रहरीले भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुमवासी टोलका अन्दाजी ३८ वर्षीय

सभामुख अर्यालसँग कोरियाली राजदूत तायोङ पार्कको शिष्टाचार भेटवार्ता

काठमाडौं,१२ जेठ । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गर्नु भएको छ । भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी,