दमक/
दमकको भृकुटि चोक स्थित लाईफ लाईन अस्पतालको ठीक अघिल्लो पट्टि एउटा तीन तले पक्की घर छ । पश्चिम तर्फ फर्किएको यो घरको अगाडी पट्टि लेखिएको छ एभरग्रीन आयूर्वेद हस्पिटल प्रालि ।
अग्रेजीमा हरियो र नेपालीमा रातो रङ्गले लेखेको त्यो साईन बोर्ड त्यो सडक भएर हिड्ने अधिकांसको नजरमा पर्न सक्छ । बोर्ड हेर्दा लाग्न सक्छ दमकमा राम्रै खाले आयूर्वेदको अस्पताल खुलेछ ।
यही अस्पतालको ठीक अगाडी एलोपोथीक उपचारमा प्रशिद्ध कमाएको लाईफ लाईन अस्पताल छ । तर यसको ठ्याक्कै अगाडी अर्को आयूर्वेदिक अस्पतालको बोर्ड राख्दा यो बिरामीका लागि जालोनै नै थापेर बसेको ठाउँ हो ।
कुनैपनि अस्पताल खोल्नु पर्दा मौजुदा अस्पतलाको न्यूनतम पनि एक सय मिटर वर पर खोल्नुपर्ने प्रावधान छ । तर यसले यती सामान्य प्रावधान पनि नबुझी लाईफलाईन अस्पतालकै अगाडी अस्पतालको साईनबोर्ड राखेर सेवानै सुरु गरेको छ ।
तर बाहिरबाट हेर्दा अस्पतालको बार्ड लेखिएपनि भीत्र भने भने धन्दा अर्कै चल्दो रहेछ । अस्पतालमा चाहिने न्यूनतम मापदण्ड समेत पुरा नगरि यसले सेवा सुरु गरेको पाइयो ।
आईतबार दमक नगरपालिकाको टोलीले यहाँका स्वास्थ्य कार्यालयहरुको अनुगमन गर्ने क्रममा यस अस्पतालमा पुग्दा बाहिर बोर्डमा अस्पताल प्रालि लेखिएको तर भित्र भने फिजियो थेरापी गराउने काम गरिरहेको भेटिएको अनुगमनमा सहभागी जिल्ला आयूर्वेदिक कार्यालय झापाका प्रमुख डा. अनिल कुमार यादवले उज्यालो खवरलाई जानकारी दिनुभयो । साथै यहाँ भित्र अस्पताल सञ्चालन गर्न अनुमति दिने खालको कुनैपननि पुर्वाधार र जनशक्ति समेत नभएको भेटिएको उहाँले बताउनु भयो ।
यस्ता अस्पतलकै कारण बिरामीको गलत उपचार भएर मृत्यू समेत हुने भएकोले सेवाग्राहिले पहिचान गरेर मात्रै सेवा लिन जानुपर्ने उहाँको सुझाव छ । यस्ता अस्पताललाई बन्द गर्न आफुले नगरको अनुगमन समितीलाई रिपोर्ट गर्ने पनि बताउनु भयो ।
आयूर्वेदिक अस्पताल खोल्ने भनेर अनुमतिकालागि माग गरिएपनि त्यो अनुसारको न्यूनतम मापदण्ड समेत पुरा नगरेकोले त्यसलाई तत्कालै बन्द गर्न निर्देशन गरिएको नगरपालिकाको अनुगन समिती संयोजक रेगिना भट्टराईले जानकारी दिनुभयो । विरामीलाई झुक्याउने प्रबृद्धिले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा भएको हेलचेक्राईका विरुद्ध नगरपालिका लागेको बताउँदै उहाँले एभरग्रीन आयूर्वेद हस्पिटल तुरुन्तै बन्द गर्न निर्देशन दिइएको उल्लेख गर्नु भयो ।
बिज्ञ सहितको अनुगमनमा के देखियो ? डा. अनिल कुमार यादवले अस्पताल अनुगमन पछि उज्यालो खबरलाई दिनु भएको प्रतिकृयाको भिडियो हेरौ ।
दमकको एभरग्रीन आयूर्वेद अस्पताल प्रालिको ठगी धन्दा – YouTube









