पैडी खेल्दै हुनुहुन्छ ?थाह पाउनुस ‘इन्डोर’ सुरक्षीत कि ‘आउटडोर’ ?

दमक/
भदौको दोस्रो हप्ता सकिएर तेस्रो साता सुरु भइसक्यो । ऋतुहरुको प्रभाव भन्ने हो भने अव गर्मी कम हुदै जानु पर्ने हो । तर त्यसो भएको छैन । हरेक दिन गर्मी बढिरहेको छ । यस्तो बेलामा जो सुकैले पनि चिसो हुने ठाउँ खोज्ने नै छन् ।

शरिरमा चिसोको मात्रा बढाउन चिसो पेय पदार्थ पिउने गरिन्छ । भने अझ सितलता खोज्नेहरु पौडे खेल्न मन पराउँछन । पौडे खेल्ने पारखीहरु बढेकोले हुन सक्छ पछिल्लो समय शहर बजारमा पौडे खेल्ने ठाउँ अर्थात ‘स्विमीङ पुल’ बनिरहेका छन् ।

विभिन्न रिसोर्ट, होटल तथा पार्कहरुमा यस प्रकारका ‘स्विमीङ पुल’ बनाइने गरिएको छ । खासगरी यूवा पुस्ताहरुको आकर्षण यस्ता ‘स्विमीङ पुल’हरुमा बढिरहेको छ ।

आजको यो बसाईमा हामी पौडी गर्न रुचाउनेले ध्यान दिनुपर्ने कुराहरुलाई उल्लेख गर्दै छौ । र त्यसलाई निम्न बुदामा प्रस्तुत गरिएको छ ।

ध्यान दिनुस् सावधानीका यी ८ उपाय :

१) भित्री भाग (इनडोर) मा रहेको स्विमिङ पुलभन्दा बाहिर (आउटडोर) स्विमिङमा पौडी खेल्नु राम्रो मानिन्छ। यसो गर्दा हाम्रो शरीरबाट निस्कने विषाक्त ग्यास हावामा उड्न पाउँछ।

२) स्विमिङ पुलको पानी सफा राख्न क्लोरिन मिसाइएको हुन्छ। तर पौडी खेल्नुभन्दा पहिला क्लोरिनको मात्र कति छ भनेर थाहा पाउनुपर्छ। क्लोरिनको मात्र धेरै हुँदा छालामा समस्या आउन सक्छ।

३) पौडी खेलेपछि सफा पानीले साबुन र स्याम्पु लगाएर नुहाउन कहिल्यै बिर्सनु हुँदैन। यसो गर्दा ताजगी महसुस त हुन्छ नै, क्लोरिनले निम्त्याउन सक्ने जोखिम पनि कम हुन सक्छ।

४) शरीरमा पानीको कमी नहोस् भनेर पौडी खेल्नुभन्दा ३० मिनेट अगाडि प्रशस्त पानी पिउनुपर्छ।

५) आँखामा असर पुग्न नदिन स्विमिङ चश्मा अनिवार्य लगाउनुपर्छ।

६) कानभित्र पानी नछिरोस् भनेर इयर प्लग राख्नुपर्छ।

७) प्राइभेट पार्टमा संक्रमण हुन नदिन पौडी खेल्दा लगाएको कपडा तुरुन्तै बदल्नुपर्छ।

८) सन्सक्रिम र अनिवार्य मोस्चराइजर प्रयोग गर्नुपर्छ। यसो गर्दा छालामा सुख्खापन आउँदैन।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको