दमकका जनप्रतिधी घरघमै पुगेर जेष्ठको स्वास्थ्य परिक्षण गर्दै, साहरामा लौरो पनि दिदै

दमक/
हिडडुलनै गर्न सकस परेका जेष्ठ नागरिकको सहारा बन्ने प्रयास गरिरहेका छन् दमक नगरपालिकाका जनप्रतिनिधीले ।
जेष्ठ नागरिकको समस्या केकेमा छ ? स्वास्थ्य स्थिती के छ ? केके आवश्यक छ ? परिवारका अन्य सदस्यहरुले कस्तो व्यवहार गरिरहेका छन् ? लगायत कुराको खोजी गर्न नगरका प्रमुख राम कुमार थापा र उप प्रमुख रेगिना भट्टराई प्रसाई घर घर चाहिर्दै हिड्ने गर्नु हुन्छ ।

आवश्यकताका आधारमा कहि टेक्ने लौरो दिने गरेको , कहि पौष्टिक खाना स्वरुप केहि सामाग्री दिइएको बताउँदै नगरकी उप प्रमुख भट्टराई भन्नु हुन्छ खास गरि स्वास्थ्य अवस्थाको चाहि पूणर् परिक्षण पनि गर्दै हिडेका छौ ।’

नगरका हरेक वर्गका नागरिकको स्थिती कस्तो छ भन्नेबारेमा सोधी खोजी गर्नु र अप्ठ्यारोमा साथ दिने हाम्रो चुनावी एजेण्डा पनि थियो । थ्यो प्रतिवद्धता पुरा गर्नकालागि हामी घर घरमा गएर जनप्रतिनिधीको स्वास्थ्य स्थिती परिक्षण गरिरहेका छौ ।

उहाँका आवश्यकतालाई पुरा गर्ने प्रयास गरिरहेका छौ ।’ नगर प्रमुख थापाले उज्यालो खवरलाई प्रतिकृया दिदै भन्नु भयो यो काम हामी नगरका सबै क्षेत्रमा पुर्याउछौ ।’

आयोजक दमक नगरपालिका भएपनि यो कार्यक्रम भने दमक अस्पतालको वार्षिक कार्यक्रम अन्तगर्त रहेको छ ।
दमक अस्पतालले ९० वर्ष भन्दा माथीका आमा-बुबा तथा अपाङ्गताको (क) श्रोणिका अपाङ्गताहरुलाई घरमै गएर स्वास्थय सेवा दिने कार्यक्रम बनाएको छ ।

यो कार्यक्रम सञ्चालन गर्न अस्पतालले एकजना जेनेरल फिजिसियनका साथमा केहि स्वास्थ्यकर्मी पनि लिएर जाने गर्छ । अस्पतालको यो वार्षिक कार्यक्रमको ब्यानरमा दमक नगरपालिकालाई भने आयोजकमा राखीएको छ ।

अस्पतालले कार्यतालिका अनुसार भदौ भदौ ,मंसिर, फागुन र जेष्ठ महिनाको पहिलो साता नगरको वडा नं १ देखी ३ सम्म, असार, असोज,पुष र चैत्र महिनाको पहिलो हप्ता वडा नं ४ देखी ६ नम्बर वडा सम्म र बैशाख, कार्तिक र माघ महिनाको पहिलो हप्ता ७ नम्बर वडा देखी १० सम्म घर दैलोमै सेवा दिने कार्यक्रम रहेको नगरका मेडिकल सुपरिटेण्डेण्ड डा. कृष्ण शाहले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको