दमकमा व्यवसायीक यौनकर्मी र विदेशबाट फर्केकाले एच आइ भीको जोखिम बढाउँदै (भिडियोमा हेरौ)

दमक/
झापाको दमकमा व्यवसायीक यौनकर्मीका कारण एच आइ भी संक्रमीत हुनेको संख्यामा बृद्धि भएको तथ्यांक दमक नगरपालिकाले सार्वजनिक गरेको छ ।

शुक्रबार दमक नगरपालिकाको सभाहलमा औपचारिक कार्यक्रम गर्दै नगरपालिकाको स्वास्थ्य शाखाले सार्वजनीक गरेको तथ्यांक अनुसार यहाँ रहेका व्यवसायीक यौनमर्कीका कारण एच आइ भी संक्रमण हुनेहरुको संख्या बृद्धि भइरहेको छ ।

दमक नगरपाकिलामा आफुलाई व्यवसायीक यौनमर्की बताएर १ सय २ जनाले अघील्लो आर्थिक वर्षमा एच आइ भि परिक्षण गराएका थीए । उनीहरु मध्ये ४ जनामा पोजेटिभ देखिएको प्रस्तुत तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै अन्य १२ गरि दमकमा १६ जना व्यवसायीक यौनकर्मीमा एच आइ भि देखीएको छ ।

यस्तै यी व्यवसायीक यौनकर्मीका कारण एच आइभि संक्रमीत हुने ग्राहकहरुको संख्या भने ११ जना रहेको पनि तथ्यांकमा उल्लेख गरिएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत बद्री बरालले तथ्यांक सार्वजनिक गर्दै वैदेशिक रोजगारमा जाने र फर्केर आएर परिवारमा समेत जोखिम बढाएको उल्लेख गर्नु भयो ।

उहाँले सार्वजनिक गरेको तथ्यांक अनुसार वैदेशीक रोजगारमा गएर घर फर्केकाको अघील्लो वर्ष ९ जनाको परिक्षण गर्दा सबैमा पोजेटिभ देखिएको र ८ जना परिवारका सदस्यमा समेत संक्रमण देखीएको छ ।

सुरक्षीत यौन सम्पर्क नगरिएका कारण यसको जोखिम बढ्न थालेको उहाँले तथ्यांक सार्वजनकि गर्ने क्रममा बताउनु भयो ।

दमकमा अहिले सम्मको तथ्यांकमा २ सय ६५ जना एच आइभिका संक्रमीत रहेको नगरपालिकाको तथ्यांकमा छन भने यी मध्ये२ सय २४ जनाले उपचार गरिरहेका छन् । अघील्लो आर्थीक वर्षमा दमकमा मात्रै एच आइभी संक्रमीत भएर १० जनाको ज्यान समेत गइसकेको नगरपालिकाले जनाएको छ ।
भिडियोमा हेरौ

(3) Condition Of HIV ads In Damak jhapa|| Sex Worker and Migrations – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको