कोरोनाको जोखिम

ट्राफिक चेकिङनै असुरक्षीत

झापा
कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरस नेपालमा पनि देखिएपछि नागरिकमा त्रास थपिएको छ ।

कोभिड महामारीका कारण त्राहिमाम् बनेका नेपालीले जेनेतेने कोभिड विरुद्धको भ्याक्सिन लगाएर सुरक्षित रहन सकिन्छ भन्ने आशा गरेका थिए ।

तर, कोभिडको नयाँ भेरियन्ट देखिएपछि नागरिकमा थप त्रास बेढेको छ । लामो समय कोभिडका कारण शिथिल बनेको नागरिकको दैनिकी बिस्तारै सहजता तर्फ उन्मुख थियो । कोभिडको सङ्क्रमण कम हुँदै गएपछि नागरिकको दैनिकी पुरानै लयमा फर्कँदै गएको थियो । तर, पुनः नयाँ सङ्क्रमण देखिएपछि आम नागरिक त्राहिमाम् अवस्थामा पुगेका छन् ।

अहिले पनि कोरोनाको जोखिम उत्तिकै छ । कोरोना सङ्क्रमणको सम्भावना हटिसक्यो भन्दै निस्फिक्री ढङ्गले हिँड्न सक्ने अवस्था बनिसकेको छैन । कोरोनाको जोखिमबाट बच्न अधिकांशले मास्क लगाएको देखिन्छ । तर, सवारी साधनका चालकहरूलाई ट्राफिक प्रहरीले गर्ने मापसे चेकको बेलामा मास्क खोलेर ब्रेथलाइजरमा फुक्नु साह्रै जोखिमपूणर् हुन सक्ने बताइएको छ ।

सवारी चालकलाई चेक गरिने ब्रेथलाइजरलाई कुन बेला निर्मलीकरण गर्न भ्याइएला ? अनि कहिले र कसरी गरिएको छ भन्ने प्रश्न उठ्न थालेको छ । अहिले त्यही प्रश्न सवारी चालकहरूलाई पिरोलेको हो । त्यसै कारण कोरोनाको जोखिम पनि यसबाट उच्च हुने चालकहरूको भनाइ छ ।

मादक पदार्थ सेवन गरेको छ कि छैन भनेर जाँच गर्ने कार्यलाई निरन्तरता दिइएको ट्राफिक प्रहरीको भनाइ छ । मापसे चेक गर्ने क्रममा ट्राफिक प्रहरीले ब्रेथलाइजरको प्रयोग गर्छ । ब्रेथलाइजरमा सामान्य दूरीबाट चालकलाई फुक्न लगाएर मापसे चेक गरिन्छ ।

मापसे गरे वा नगरेको सडकमा छुट्याउने अन्य विधि नभएकाले ब्रेथलाइजरको प्रयोग गर्नुपरेको ट्राफिक प्रहरीले बताएको छ । ब्रेथलाइजर प्रयोग गर्दा कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने दाबी ट्राफिक प्रहरीको छ ।

ट्राफिकका अनुसार ब्रेथलाइजरलाई निर्मलीकरण गरेमा मदिरा सेवन गरेको वास्तविक अवस्था देखिँदैन । त्यसैले ब्रेथलाइजरको पाइप निकालेर फाल्ने गरिएको ट्राफिक प्रहरीको दाबी छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको