कमलको आर्युवेद अस्पताल जहाँ मलद्धारमा हुने रोगको उपचार हुन थाल्यो

 

दमक/

झापाको कमल गाँउपालिकास्थित प्रादेशिक आर्युवेद अस्पताल लखनपुरले पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्धारमा हुने रोगको जाँच तथा उपचार शुरु गरेको छ । सोमबार र मंगलवार बृहत आर्युवेद स्वास्थ्य शिविर सहित यो सेवा शुरु गरेको हो ।

कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्ले सोमबार उद्घाटन गरेको आर्युवेद स्वास्थ्य शिविरमा ५ सयजना भन्दा बढि विरामीले निशुल्क जाँच तथा उपचार पाएको जनाईएको छ । क्षारसूत्र विधिबाट पायल्सका विरामीको उपचार पनि शुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरले बताएकाछन् ।

शिविरमा आएका विरामीहरुको निशुल्क रुपमा सबै प्रकारका जाँच, उपचार र औषधि बितरण गरिएको छ । डा. ठाकुरको नेतृत्वमा डा.रमेश पौड्याल (सर्जन), डा.निर्मल भुसाल (फिजिसियन), डा. मिथिलेस शाह, डा.मिशान्त ढकाल लगायतले जाँच तथा उपचार गर्नु भएको कविराज निरक्षक बेदप्रकाश शर्माले बताउनु भयो ।

अस्पतालको स्तरउन्नती सहित सेवा विस्तारको क्रममा अब नियमित रुपमा पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्धारमा हुने रोगको जाँच तथा उपचार शुरु गरिएको पनि अस्पतिालका निमित्त निर्देशक डा.ठाकुरले जनाउनु भएको छ । क्षारसूत्र विधिबाट यस प्रकारको रोगको अब यहाँ सहज र सरल रुपमा उपचार हुन्छ, उनले भने ।

५० बेड क्षमताको आर्युवेद अस्पतालमा ईमरजेन्सि लगायतका सेवा समेत शुरु गर्न लागिएको छ । डा.ठाकुर आउनु अघि अस्तब्यस्त र सेवा विहीन रहेको अस्पतालले ६ महिनामा फड्को मार्दै गएको जनाईएको छ ।

पञ्चकर्म, भिडियो एक्स रे, ल्याव सेवा शुरु गरेपछि विरामीको चाँप समेत बढेको बताईएको छ । सरकारले तोकेका औषधिहरु विरामीले निशुल्क पाउदै आएकाछन् । अहिले भने औषधिको केही अभाव खड्किएको छ तर सकेसम्म हामी ब्यवस्थापन गर्दैछौ, ठाकुरले भने ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको