मेची आवासमा दन्त शिविर, सय बढिले लिए सेवा

दमक/
झापाको दमक ४ मा रहेको मेचि आवास परिसरमा दन्त शिविर सम्पन्न भएको छ । मेचि आवास टोल विकास सस्थाले आयोजना गरेको सो शिविरमा आमा डेण्टल क्लिनिकको प्राविधिक सहयोग रहेको थियो ।

दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख अतिथ्यतामा सम्पन्न भएको शिविरमा एक सय जनाले दाँत सम्बन्धीका विभिन्न परिक्षण गराएको सस्थाका अध्यक्ष मिलन आचार्यले जानकारी दिनुभयो ।

भर्खरै मात्र गठन भएको यो सस्थाले पहिलो पटक यसरी सार्वजनीक कार्यक्रम गरेको जनाइएको छ । टोलबासीसँग प्रत्यक्ष जोडीएका अन्य सरोकार विषयमा समेत चेतना मुलक तथा स्वास्थ्य वर्धक कार्यक्रम निरन्तर गर्दै जाने अध्यक्ष आचार्यको भनाई छ ।

कार्यक्रममा दमक नगरपालिका वडा नं ४ का वडाध्यक्ष पुण्ड्य प्रसाद दाहाल, मेचि सहकारीका अध्यक्ष नारायण प्रसाद भट्टराई लगायत अन्य बिभिन्न सरोकावालाहरुको समेत उपस्थिती रहेको थियो ।

शिविरमा आएर दन्त परिक्षण गर्नेहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

यो आवास मेचि सहकारीको पहिलो हाउजीङ परियोजना हो । सहकारी अवास को परिकल्पनाबाट सुरु भएको यो आवासभीत्र अहिले ४० परिवार बस्दै आएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर