शिविरबाट फाईदा

दमकको बृहत स्वास्थ्य शिविरमा सेवा लिनेको भिड, आफ्नो स्वास्थ्यको स्थिती बुझ्न पूर्व प्रधानमन्त्री ओलीको अनुरोध

दमक/
दमकमा झण्डैएक दर्जनको संख्यामा  अस्पतालहरु छन् । तर यहाँ भएका अस्पतालहरुमा सबै सेवा सुविधा छैन । विषेश गरि मुटु र बालरोगका बिषेशज्ञको अभाव दमकले झेल्दै आएको छ । यहि समस्याको मद्यनजर गरेर दमक नगरपलिकाले   विभिन्न विषेशज्ञहरु सहितको तिन दिने बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । शुक्रबार सुरु भएको शिविर लगातार ३ दिन सम्म सञ्चालन हुने छ ।
इलामको माई नगरपालिकाकी देशमाया लिम्बुको छोरोको जन्मदै मुटुमा प्वाल परेको भनेर चिकित्सकले बताएका थिए । त्यसैबेला देखि  उहाँले छोराको नियमित उपचार गराउँदै आउनु भएको छ । काठमाडौमा रहेको शहिद गंगालाल ह्रिदय रोग अस्पतालमा उपचार गराउँदै आउनु भएको थियो । हरेक वर्ष उहाँ छोरलाई लिएर फलोअपमा काठमाडौ गइरहनु पर्छ । तर यो पटक भने जानुनै परेन  । किनकी काठमाडौको अस्पतालमा पाइने सेवा दमकमै पाउनु भयो । त्यो पनि निशुल्क । यसले गर्दा उहाँको समय मात्र बचत भएन खर्च पनि जोगीयो । दमक नगरपालिका, घुन्सा फाउण्डेसन नेपाल र विपन्नकालागि स्वास्थ्य नेपाल सस्थाले आयोजना गरेको बृहत स्वास्थ्य शिविरले निकै राहत मिलेको लिम्बुले बताउनु भयो
दमक नगरपालिका अन्तर्गत दमक अस्पताल धमाधम बनी रहेको छ । भवन निर्मणको काम अव अन्तिम चरणमा पुगेको छ । साथै यहा रहेको रेडक्रस सोसाईटिको भवनमा बाल अस्पताल निर्माणको काम पनि धमाधम भइरहेको छ । निर्माणाधिन दमक अस्पतालले सेवा सुरु गर्दा कस्ता सेवालाई थप गर्ने र बालबालिकाको अस्पताल बन्दै गर्दा यस क्षेत्रका बालबलिकामा कस्ता समस्या रहने छन् भन्नेबारेमा जानकारी लिन पनि दमकमा यस प्रकारको बृहत स्वास्थ्य शिविर आयोजना गरिएको दमक नगरपालिकाकी उप प्रमुख गीता अधिकारीले बताउनु भयो । यहाँ दमकका मात्रै सेवाग्राहि नआउने बताउँदै अधिकारीले दमक आसापसका सबै नागरिकले सेवा लिन सक्ने उल्लेख गर्नु भयो । दमक  कन्काई माईदेखी पश्चिम र बेलबारी देखी पूर्वको केन्द्र रहेकोले यस क्षेत्रका सबै नागरिकले आएर सेवा लिन सक्ने उहाँको भनाई छ ।
यो शिविरमा मुटु, बालरोगका साथै निशुल्क अल्ट्रा साउण्ड साथै अन्य थुप्र्रै  विशेषज्ञ सेवा उपलब्ध छन् ।, औषधि पनि विभिन्न कम्पनीहरुले नै निशुल्क उपलब्ध गराउने । जटिल रोगी तथा विरामीहरुलाई काठमाडौ बोलाएर निशुल्क शल्यक्रिया गराउने सम्मका सेवा उपलब्ध  गराइएको मनमोहन कार्डियो थेरासिक एण्ड भास्कुलर ट्रान्सपाल्ट सेन्टरका सनियर कन्सन्ट्रेड डा अलिन भट्टराईले बताउनु भयो ।
शिविरको भुर्चअल माद्यम मार्फत उद्धघाटन गरिएको थियो । पूर्व प्रधनमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्धघाटन गर्नु भएको कार्यक्रममा उहाँले  शिविरबाट आम नागरिकलाईसेवा लिन अपिल गर्नु भयो । आफ्ने स्वास्थ्य स्थिती कस्तो भनेर परिक्षण गर्न र जटिल परिस्थिती भए निशुल्क  पाउने सेवामा सरिक भइ फाईदा लिन पनि अनुरोध गर्नु भएको छ ।
पुष ९ गते शुक्रबारबाट सुरु भएको शिविर पुष ११ गते आईतबार सम्म सञ्चालन हुने छ । दमक ७ स्थित वडा नं ७ को कार्यालय परिसरमा भएको  शिविरको दमक नगरपलिका, घुन्सा फाण्उडेसन र विपन्नका लागि स्वास्थ्य नेपाल सस्थाले शिविरको आयोजना गरेको हो । शिविरमा  काठमाडैका मुटु रोग विषेशज्ञ , बाल रोग विषेशज्ञका साथै अन्य  चिकित्सकहरुले सेवा दिइरनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न

ज्येष्ठ नागरिकका अनुभवलाई अनुसन्धानको आधार बनाउँदै भालाकुशारी

अमेरिका , ४ असोज । ज्येष्ठ नागरिकको स्वास्थ्य, पारिवारिक हेरचाह र स्वास्थ्य सेवामा पहुँचका विषयमा काम गर्दै आएको प्रोजेक्ट भालाकुशारीको विशेष बैठक अमेरिकाको ह्यारिस्बर्गमा सम्पन्न