दैनिक पाँच लाख खोप दिने अभियान

खोप अभियानलाई तीव्रता दिईदै

काठमाडौं/

सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिन १५ दिनसम्म दैनिक पाँच लाख खोप लगाउने लक्ष्य लिएको छ।
पछिल्लो समय कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा हुँदा पनि खोप लगाउनेको संख्या नबढ्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक पाँच लाखका दरले खोप लगाउने अभियान सुरु गरेको हो। मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पुस १२ देखि अभियान सुरु भएको बताए।

देशभर हाल १ करोड २० लाखभन्दा बढी कोरोनाविरुद्धको खोप मौज्दात रहेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दिनमा साढे दुई लाखभन्दा बढी खोप चल्न नसकेपछि अभियान सुरू गरिएको हो। तर‚ सोमबार ५ लाख ६८ हजार ३१९ जनाले खोप लगाएका छन्। यो हालसम्मकै दैनिक खोप लगाउनेको धेरै संख्या हो।
उल्लेख्य मात्रामा खोप लगाएपछि स्वास्थ्य सचिव पोखरेलले देशभरका स्वास्थ्यकर्मी तथा सहयोगीहरुलाई धन्यवाद दिएका छन्। उनले खुलेर खोप अभियानमा सहभागी हुन सबैलाई अनुरोध गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन

सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

काठमाडौं,५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराउनु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ