पथरी, १८ भदौ / माेरङ्काे पथरी शनिश्चरे नगरपालिकामा स्वास्थ्यका कार्यक्रमहरूको वार्षिक समीक्षासंगै ‘फेरि भेटौला’ कार्यक्रम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगर कार्यपालिकाको सभा हलमा मङलबार समग्र नगरको स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम गरिएको छ । सोही अवसरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको साझेदार संस्था करुणा फाउण्डेसन नेपालको विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको थियो ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षताको कार्यक्रममा उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा नम्बर १० का अध्यक्ष जीवन खतिवडा र नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले आ–आफ्ना भनाई राख्नुभएको थियो ।
यसैगरी, नगरपालिकासँग अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको साझेदार संस्था करुणा फाउण्डेसन नेपालको विदाई तथा फेरि भेटौला कार्यक्रम मार्फत् करुणा फाउण्डेसनका प्रतिनिधिहरुलाई विदाई गरिएको छ । करुणा फाउण्डेसनका कार्यक्रम व्यवस्थापक सन्तोष घिमिरे, जिल्ला संयोजक भारती देव, कार्यक्रम अधिकृत सुरज कुमार सरदार, लेखा अधिकृत हिरा लक्ष्मी वस्नेत, अनुगमन तथा मूल्यांकन अधिकृत प्रिती खड्का, सीबीआर अधिकृत रन्जु दुलाल, कार्यक्रम सहायक मिना खनाललाई ‘मायाको चिनो’ प्रदान गरी विदाई गरिएको हो ।

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग








