पथरी शनिश्चरेका विद्यालयमा जंकफुड निशेष गर्न नगरको परिपत्र

पथरी, २२ भदौ   मोरङको पथरी शनिश्चरे नगरपालिकाले विद्यालयहरुले आफ्ना विद्यार्थीलाई जङ्कफूड (पत्रुखाना) खान र खुवाउनबाट पूर्णरुपमा निषेध गर्न परिपत्र गरेको छ ।

 

नगरको शिक्षा, युवा तथा खेलकुद शाखाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूले विद्यार्थीलाई जंक फुड खान र खुवाउन पूर्ण निशेष गर्न सूचनामार्फत निर्देश गरेको हो । शाखाका अधिकृत नवीन खुलाल बुढाथोकीद्वारा जारी सूचनामा नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत, धार्मिक, वालविकास केन्द्र तथा मन्टेश्वरी विद्यालयहरू समेतलाई जङ्कफूड बिक्री नगर्न र नखुवाउन निर्देशन दिइएको छ । निषेधित क्षेत्रमा जङ्कफूड सेवन गराउने र वेचविखन भए गरेको पाइएमा नियमानुसार कारबाही हुने चेतावनी पनि दिइएको छ ।

 

 

सूचनामा भनिएको छ ‘विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका, २०७७ को दिवा खाजा मेनु वा विद्यालय आफैले तयार गर्ने, खाजा मेनुमा स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिएर दिवा खाजाको रूपमा प्रयोग गर्न गराउन र जङ्कफूड पूर्ण रूपमा निषेध गर्नुहुन समेत अनुरोध छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु