कविता

मेरो देश

असमझदारीको बाँझोमा
कलमको हलो चलाउदै
शब्दको ब्याडमा
भावनाका बेर्ना उमारेर
चेतनाको मलजल सिंच्दै
फुलाउनुछ एउटा सुन्दर नेपाल ॥

 

 

विविधताको सियोमा
एकताको धागो उनेर
मधेसको उध्रिएको चोली
पहाडको मक्किएको फरियासँगै
तुन्नु छ हिमालको फाटेको टोपी ॥

 

 

अक्षरका चोया काढेर
सद्भावले बुनेको
देशप्रेमको ढाकर
नवरसको खकन् तक्मा लगाई
क्रान्तिको नाम्लो थाप्लोमा भिरेर
जुरुक्क बोकेर अघि बढ्नु छ मेरो देश ॥

 

 

मेरो चन्द्र सूर्य
लालीगुराँसमा सिउरिएर
मेची कालीको नीलो बहावले
किनारालाई बिटमार्दै
अखण्डताको खम्बामा
एकताको तुनाले
मसक्क मस्काएर
तनक्क तन्काएर
फर्फराउनुछ आफ्नै अन्तस्करणमा
मेरो प्यारो चन्द्र सुर्य ॥

 

 

मेरो देश मधौरु छ आजकाल
भ्रष्टाचारी डेङ्गु लागेर
कुशासनको ज्वरो आउँदा
लल्याक लुलुक गलेका छन्
न्याय र कानुनका हातगोडा,
देश रुँघ्न बसेका कुरुवाहरू
एक आपसमा भिड्नलाग्दा
तरङ्गित भएका छन् रारा र फेवाहरू
थर्थराएका छन् कञ्चनजंघा र सगरमाथाका शीर ॥

 

 

भगवत गीता, मुन्धुम, त्रिपिटकसँगै
बाईबल, कुरानका महिमा गाएर
मस्तिष्कमा देशप्रेमको तिलक लगाउँदै
गाउँनुछ एक स्वरमा
सयौं थुंगा फूलका हामी एउटै माला नेपाली ….
देशलाई पुनर्ताजगी गर्दै
बनाउँनुछ सुन्दर शान्त प्यारो नेपाल
जय जय जय नेपाल ॥

पथरी शनिश्चरे, मोरङ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालेन–मोदी बिच सहमती भएका परियोजना, नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभाव कस्तो ?

नेपालको भारतसँगको उच्च व्यापार निर्भरतालाई ध्यानमा राख्दा यस्ता परियोजनाले आर्थिक अवसरसँगै निर्भरता व्यवस्थापनको चुनौती पनि थप्न सक्छन्।

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व