लम्जेल संघर्षशीलको सपना पुरा गर्ने मेरो प्रयास

यो यस्तो नासो न अरु थिए, न अरुले खोज्छन् । यो त भालुको कन्पट हुन्थ्यो । यो वर्ग समुदायले न खोज्ने आँट गर्‍यो । खोइ अब खोज्छन् कि हेरौं । खोइ गाह्रो नै छ यस्तै हो भने रुको लागि युज हुने मात्र देखिन्छन् । ए बा अध्ययन त गर, बुझ्ने कोशिश गर भन्दा नि धेरै हुने थैट । कहिले चेतना आउला ? अरुतिरबाट साभार गर्ने ठूलो लेखक छन् ।

 

उहाँको झै मौलिकता र खोज गर्नु त निकै कठिन काम हुनसक्छ । लेखेर छोड्नु भयो । यो बेला १ वर्ष अघि नेपाली ऐतिहासिक श्रमिक बर्गको इतिहास यो पुस्तक लेखाइको रफ्तारमा हुनुहुन्थ्यो संघर्षशील सर । लेखनको नै रफ्तारमा सबै जिम्मेवारी मेरो काँधमा आयो । पोहोरको दशैं नवमी सम्झनु नि गाह्रो मेरो बा । २०८० साल कार्तिक ६ गते उहाँले भौतिक रुपमा हामीलाई सदाका लागि छाडेर जानु भयो । हाम्रो लागि कालो दिन हुँदा पो कम्पिडिसन नहँुदा अभाव यस्तै हो संसार । उहाँ रहनु भएको भए पोहोर सालको दशैपछि यो पुस्तकसँगै अरु नि पुस्तकहरु प्रकाशन गर्नु थियो । अरु धेरै पाण्डुलीपी छन् कम्प्युटरमा । ती नि प्रकाशन सँगै अरु कृति आइसक्ने थिए । बिड्म्बना ईखले ( केटो त गएछ ठिक भन्ने जस्तो तपाईं भन्दा आगाडि किताब निकाल्छु भन्थ्यो हिजो ढोकामा आएको थियो यस्तै यस्तै शब्दवाण भएकोले ) गर्दा पीडा र अभावमा नि प्रकाशन गरियो । अरु जित्नेहरुको भए अक्षय कोष प्रतिष्ठान के के हो के के । कि झोले हुनु पर्ने रछ कि तिनको पाउ पर्नुपर्ने रे । कहाँ हामी जस्ता अनि उहाँ जस्ताका नि हुन्छन् र ? तेस्तो के के । कति उहाँको नामो निशाना मेटाउन तल्लिन देखिए । यस्तै हो एकलबादी भनाउँदाहरु । जुन भए नि तेस्तै हुन् भनेर यस्तै छलफल भयो ।

 

 

अहिले उहाँको कृति ‘नेपाली ऐतिहासिक श्रमिक बर्गको इतिहास’ जुन उहाँले हेर्न नि पाउनु भएन । मेरो कर्तव्य पुरा गरिरहेको छु उहाँ र उहाँको देनलाइ बचाँउन । उहाँको जन्मदिनमा विरुवा रोपेर विरुवा विरुवामा उहाँलाई स्थापित गरें । अनि ती विरुवाबाट अक्सिजन विस्तार भएझैं उहाँको चेतनाको प्रवाह र सम्झना सवैको मन मनमा बाँचिरहोस् भन्ने मेरो अभिप्राय हो । अनि हामीले उहाँको नाममा प्रतिष्ठान समेत खडा गरेर उहाँलाई सधैं बचाइराख्ने अर्को प्रयास थालेका छौं । कार्तिक २ गते ‘गमबहादुर लम्जेल संघर्षशील स्मृति प्रतिष्ठान’ गठन भयो र उहाँको पहिलो वार्षीका सन्दर्भमा कार्तिक ६ मा ‘नेपाली ऐतिहासिक श्रमिक बर्गको इतिहास’ पुस्तक विमोचन समेत गर्ने कार्यक्रम तय भएको छ । यो हामी बाँचेकाको कर्तव्य । उहाँलाई अझ बढी बचाइराख्ने उहाँका कृति प्रकाशन र वितरण अनि अध्ययन । लेखक इलाम देउमाइ नपाको अनि हामी सबै भोजपुरको संयोग । उहाँको सो पुस्तकमा वर्गीय हिसावले समेत जातीय उत्पिडन खेप्नु परेका खोजमूलक घटनाहरु उल्लेख छन् ।

 

जन्म ः २०४१ भदौ २९, देउमाई नगरपालिका, इलाम
लेखन प्रारम्भ ः- २०५४ सालबाट (हाम्रा कलिला मुठ्ठी-कविता) ।
प्रथम प्रकाशित रचना ः विद्रोहको ज्वाला कविता । (झापाबाट प्रकाशित
स्वाधीन सम्वाद साप्ताहिकमा २०५५ फागुन १४) ।
हालसम्मका लेखन विधा ः नाटक, कथा, कविता, हाइकु, उपन्यास, समालोचना, खोजमूलक इतिहास ।

 

प्रकाशित कृति 
१.उत्सर्ग नाटक संग्रह (२०७०) ।
२.मुक्ति कथा संग्रह (२०७९) ।
३. नेपाली श्रमिक वर्गको इतिहास (तपाईको हातमा) ।
साहित्यिक/सांस्कृतिक संघ/संस्था ः-
१. प्रगतिशील लेखक संघ नेपाल -केन्द्रीय सदस्य (२०७२-२०७५)
२. अखिल नेपाल जनसांस्कृतिक महासंघ -केन्द्रीय सदस्य(२०६९
असार ३० देखि २०७८ सम्म)
३. अखिल नेपाल लेखक संघ -केन्द्रीय उपाध्यक्ष (२०७५ मङ्सिर
देखि २०७८ सम्म) ।
४. साहित्य अनुसन्धान परिषद नेपाल – सल्लाहकार ।
५. छिन्ताङ-सुखानी सांस्कृतिक मञ्च – सल्लाहकार ।
६. बिहानी जनसांस्कृतिक समाज – महासचिव ।

 

पत्रकारिता 
वि.सं. २०५५ साल फागुन १ गतेदेखि १४ वर्षको उमेरमै झापाबाट प्रकाशित स्वाधीन साप्ताहिक पत्रिकाको इलाम प्रतिनिधि भई पत्रकारिता क्षेत्रमा क्रियाशील, वि.सं. २०६१ साल भाद्र २० गतदेखि १ वर्षसम्म जागरुक साप्ताहिक पत्रिकाको धरान सम्वाददाता, वि.सं. २०६२ साल कार्तिक २४ गतेदेखि १३ महिना विराटनगरबाट प्रकाशित जनसुधार साप्ताहिक पत्रिकाका धरान सम्वाददाता, वि.सं. २०६१ साल पुस ४ गतेदेखि २०६३ साल असार २४ गतेसम्म विजयपुर साप्ताहिकको सम्वाददाता भएर काम गर्नुभयो । २०६३ भदौ १ गतेदेखि २०६४ साल असार २ गतेसम्म नौलो अभियान राष्ट्रिय साप्ताहिक पत्रिकाको सम्वाददाता र सोही पत्रिकामा २०६४ असार ३ गतेदेखि २०६५ साल मंसिर १३ गतेसम्म सहसम्पादक समेत बनेर काम गर्नुभएको उहाँको अनुभव थियो । २०६२ देखि २०६५ सम्म धरानबाट प्रकाशित एक्सन टाइम्स (साप्ताहिक पत्रिका), हाम्रो कोशी आवाज (साप्ताहिक), सयपत्री साप्ताहिक र मर्निङ टाइम्स दैनिकमा ६ महिनासम्म समाचारदाता, २०६४ सालमा नवजनउदय मासिक पत्रिका सम्पादन, २०६४ सालमा जनएकता साप्ताहिक (काठमाडौं)को ६ महिनासम्म धरान सम्वाददाता पनि रहनु भयो । २०६२ असोज महिनादेखि नयाँ बिहानी मासिक पत्रिकाको प्रधान सम्पादक र नयाँ बिहानी साप्ताहिक भएपछि २०६८ असार महिनासम्म सम्पादक/प्रकाशक रहनु भयो । त्यसपछि २०६८ देखि आफैंले सञ्चालनमा ल्याएको प्रबोध साप्ताहिक पत्रिकाको सम्पादक, प्रबोध साप्ताहिक अनलाइन संस्करण निर्देशक, २०७० साल पुस २५ गतेदेखि गुफाथुम्की गर्जन त्रैमासिक साहित्यिक पत्रिका सम्पादक/प्रकाशक रहेको पत्रकारिताको उहाँको ऐतिहासिक गतिविधि छन् ।

 

पत्रकारिता संघ संस्था
१. नेपाल साहित्यिक पत्रकार संघ केन्द्रीय सदस्य र एक नम्बर प्रदेश समिति अध्यक्ष ।
२. नेपाल पत्रकार महासंघ साधारण सदस्य र एक नम्बर प्रदेश समिति दलित विभाग सदस्य ।

 

शिक्षण 
१. मदरल्याण्ड इङ्लिस स्कृल धरान-७ ( वि.सं.२०५९ साल मङ्सिर
महिनाबाट ६ महिना शिक्षक) ।
२. लिटल हार्ट इङ्लिस स्कृल धरान-११, कल्याण चोक (हाल
भिक्टोरी रेसिडेन्सियल स्कृल), वि.सं. २०६० असार १३ गतेदेखि
२०६३ साउनसम्म शिक्षक ।
३. श्री सरस्वती मा.वि. पानबारी, धरान-६ सुनसरी, (२०६३ जेठ
२५ देखि २०७८ असार मसान्तसम्म शिक्षक) ।

 

श्रमिक वर्ग अभियान
२०५४ भाद्र २१ गते नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज शान्तिडाँडा गाउँ समिति इलामको सचिव भएर पछि पारिएका वर्गको हितको संघर्षमा होमिनु क्रम सुरु भएको थियो । २०५४ कार्तिक ९ गते सो समाजको इलाम जिल्ला क्षेत्र नं. ३ उपाध्यक्ष, २०५५ पुस ११ गते इलाम जिल्ला समिति सदस्य, २०६६ जेठ ९ – १० गते सम्पन्न नेपाल स्वतन्त्र दलित विद्यार्थी संगठनको एकता अधिवेशनबाट केन्द्रीय सदस्य बन्नु भयो । राजनीतिक रुपमा समेत सक्रिय बन्दै २०६६ जेठ २१ गते नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा कोचिला राज्य समिति सदस्य र २०६९ साउन १५ गते सुनसरी जिल्ला समितिको सल्लाहकार समेत बन्नु भयो । २०६९ साल साउन १३ गते गठित दलित पत्रकार मञ्च नेपाल सचिव, २०७१ साल जेठ १७ गते दलित साहित्यकार मञ्च नेपाल संस्थापक सचिव, २०७३ असार १गतेदेखि २०७५ सम्म नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान राष्ट्रिय प्रज्ञा परिषद् सदस्य, २०७६ साल फागुन २ गते मोरङ जिल्लाका बेलबारीमा स्थापना गरिएको ‘मिजार समुदाय महासंघ’ पकिल्पनाकार र संस्थापक रहेर समाजमा चेतना प्रवाह गर्ने काममा आफूलाई सक्रिय बनाइरहनु भएको थियो ।

 

राजनीतिक यात्रा 
वि.सं. २०५५ साल फागुन १ गते तत्कालीन नेकपा(माओवादी) निकट अखिल क्रान्तिकारी शान्तिडाँडा गाउँ एकाई कमिटी उपाध्यक्ष बन्नु भएको बेला फागुन ११ गते गिरफ्तारमा पर्नुभयो । गिरफ्तारपछि पार्टी र विद्यार्थी संगठनको स्थायी संगठन नभएकाले सम्पर्क हुन सकेन । २०५६ बैशाख २१ गते नेकपा (माले) इलामकोे संगठित सदस्यता, इलाम क्षेत्र नं. ३ पार्टी क्षेत्रीय कमिटी सचिवालय सदस्य, २०५८ सालमा नेकपा (माले) निकट अनेरास्ववियू सुनसरी जिल्ला सचिव, २०६२ माघ १७ गतेदेखि केन्द्रीय सदस्य, २०६५ सालमा एकीकृत नेकपा (माओवादी केन्द्र) सुनसरी जिल्ला समिति सदस्य र तत्कालीन पाँचकन्या गाउँ कमिटी सह-इञ्चार्ज, २०६९ साल साउनमा नेपाल कम्युनिष्ट पार्टी-माओवादी कोचिला राज्य समिति सदस्य, २०७२ सालमा नेपाल कम्युनिष्ट पार्टीको सांस्कृतिक मोर्चामा सामेल बन्नु भयो । यसरी निरन्तर राजनीतिक, सैद्धान्तिक, वैचारिक रुपमा क्रियाशील र श्रमिक वर्गको नेपाली कम्युनिष्ट पार्टी निर्माणको वहस, खोज, अनुसन्धानमा लगनशील, साहित्यिक, सांस्कृतिक र पत्रकारिता क्षेत्र रुपान्तरण अभियानमा निरन्तर क्रियाशील भइरहनु भएको थियो ।

 

हिरासत यातना 
१, वि.सं. २०५५ फागुन ११ गते अखिल(क्रान्तिकारी), लेखन क्षेत्रबाट जनयुद्धमा सामेल भएको र गाउँमा विभेद विरुद्ध अभियान चलाएकाले पक्राउ गरी इलामको मंगलबारे हिरासत यातना ।
२. समाचार संकलनका क्रममा नेपाल कम्युनिष्ट पार्टीको नेपाल बन्दलाई सफल पार्न मसाल जुलुस गरेर सर्वसाधारणलाई आतङ्कित पारेको झुटो अभियोगमा २०७४ फागुन ७ गते पक्राउ गरी चार दिनसम्म हिरासतका साथै वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएको अवस्थामा समेत हत्कडी लगाएर वेडमा राखी २४ घण्टासम्म यातना ।

 

प्रशंसापत्र
१. श्री निशानदेवी प्रा.वि. धरान-५ (२०६४ पुस १७ गते, पत्रकारिता) ।
२. धरान नगरपालिका (स्वणर् महोत्सव २०६७ माघ १७ गते साहित्य) ।

 

कदरपत्र
१. अमर सेवा समाज धरान-१३, अमरहाट (२०६० साल, कविता) ।
२. विजयपुर साप्ताहिक पत्रिका (२०६२ कविता) ।
३. श्री सरस्वती मा.वि. पानवारी (स्वणर् महोत्सव २०६६ मङ्सिर २३, शिक्षण) ।

सम्मान
१. इलामेली विद्यार्थी परिवार केन्द्रीय प्रविधि क्याम्पस (धरान, हात्तिसार २०६० जेठ ११ गते, साहित्य) ।
२. नौलो अभियान राष्ट्रिय साप्ताहिक पत्रिका (धरान, २०६४ असार ३ गते, पत्रकारिता) ।
३. लक्ष्मी वाचनलाय (धरान, १०५ औं लक्ष्मी जयन्ती २०७० कार्तिक १७ गते, साहित्य) ।
४. आदिकवि भानुभक्त आचार्यको द्धिशतबार्षिकका सन्दर्भमा (धरान महोत्सव समारोह समिति-२०६१, २०७१ असार २९ गते, साहित्य) ।
५. दलित साहित्यकार मञ्च नेपाल ( २०७३ जेष्ठ २२ गते, साहित्य ) ।
६. मिजार सेवा समाज (धरान, २०७३ असोज ८ गते, साहित्य र पत्रकारिता) ।
७. कृपा सामुदायिक विकास संस्था धरान-१५ ( २०७६ माघ २३ गते पत्रकारिता र उद्घोषण क्षेत्र) ।
८. किरात याक्खा छुम्मा धरान (२०७८ साल पुस ४ गते, पत्रकारिता क्षेत्र)
९. नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धरान (वि.सं. २०७९ साउन २४ गते, २८ औ विश्व आदिवासी दिवस, पत्रकारिता) ।
१०. साहित्य अनुसन्धान परिषद् नेपाल (२०८० जेठ २० गते, साहित्य र पत्रकारिता) ।
११.अखिल नेपाल लेखक संघ १ नम्वर प्रदेश समिति (२०८० असोज

पुरस्कार
१. कविशिरोमणि साहित्य साधना समाज धरान-१६ ( २०७४ पुस १५ गते, श्रमिक स्रष्टा पुरस्कार) ।
२. दिव्य रोशनी साप्ताहिक पत्रिका (धरान, २०७५ बैशाख ३१ गते, सिर्जशील पत्रकारिता पुरस्कार) ।
३. सांस्कृतिक अधिकार संरक्षण समिति (धरान, २०८० साउन ५ गत,े पत्रकारिता पुरस्कारसहित सम्मान) ।

 

यातना समेत पाएर शरीर थिल्थिलो भएको अवस्थामा उहाँलाई मुटुको समस्या देखा पर्यो । २०७० चैत्र २३ गते सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी काठमाडौंमा ओपन हार्ट सर्जरी पश्चात नियमित औषधी खाएर उपचारत अवस्थामा घाँटीमा न्युरोजेनिक क्यान्सरको समस्या देखा पर्यो र उहाँ भौतिक रुपमा अस्ताउन वाध्य हुनु भयो ।

  (लम्जेलकी धर्मपत्नी श्रेष्ठ प्रबोध साप्ताहिककी प्रधानसम्पादक तथा साहित्यकार हुनुहुन्छ )

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति