डा.मेग्नाले ल्याएको खुसी ः १७ वर्षसम्म निसन्तान कुमारी आमा बन्दै

बिर्तामोड, कार्तिक १२
झापाको अर्जुनधाराकी कुमारी सापकोटाको विवाह भएको १७ वर्ष भयो । तर यो बीचमा सन्तान जन्माउन भएका प्रयास अहिलेसम्म असफल भएर सन्तानको मुख देख्न नपाएर निरास बन्नु भएको थियो ।

 

आँखा रसिलो बनाएर विगतको पीडा स्मरण गर्दै सापकोटा भन्नु हुन्छ ‘सन्तान नहुँदाको पीडा छोरी मान्छेलाई कतिसम्म हुँदोरहेछ भन्ने कुराको गहिरो अनुभव मैले गर्न पाए ।’ के कारणले सन्तान भइरहेको छैन भनेर न आफन्तले बुझ्न खोजे न त गाउँ समाजले नै । उहाँ थप्नु हुन्छ ‘यसबाट सन्तान नहुने रहेछ, छोराको अर्को विहे गरिदेउसम्म भने ।’ आफ्नै अगाडि श्रीमानको अर्को विवाहको गरिदिने कुरासम्मका पीडादायी घाउ १७ वर्षसम्म सहँदै आउनु भयो ।

 

तर अहिले चाँहि उहाँको मुहारमा खुसीका रङ्गहरु देखिन थालेका छन् । परिवार, आफन्त र समाजले पनि उहाँलाई माया देखाउन थालेको छ । उहाँले नयाँ संसार पाएको अनुभव गरिरहनु भएको छ । अर्थात १७ वर्षपछि उहाँको सन्तान जन्मने भएको छ । र, यो खुसी डा. मेग्ना तिवारी खनालको उपचार र परामर्शबाट सम्भव भयो । त्यसैले सापकोटा भन्नु हुन्छ ‘सन्तान जन्माउन नसकेर मरेतुल्य भएर बाँचिरहेकी म डा. मेग्ना मेरालागि भगवान बनेर आउनु भयो र हाम्रो परिवारमा खुसीको बहार ल्याइदिनुभयो ।’

 

कुन बिरामी के कारणले आफुसँग आउनु पर्यो ? समस्या कस्तो सम्मको हो ? बिरामीले आफ्ना समस्या र पीडालाई डाक्टरसामु राख्न पाएको छ कि छैन ? जस्ता कुराहरुको अनुसन्धान र सोधखोज गरी डा. मेग्नाले उपचार थाल्नु हुन्छ । सापकोटाको हकमा पनि उहाँले उपचारमा कुनै चमत्कार गर्नु भएको चाँहि हैन । मात्र उहाँले बिरामीसँग धेरै बेर गफ गर्नु भयो । बिरामीका कुरा धेरै भन्दा धेरै सुन्नु भयो र अन्य डाक्टरहरुले चलाउन छुटाएको औषधीको प्रयोग सापकोटामा गराएपछि उहाँमा १७ वर्षसम्म बस्न नसकेको गर्भ बस्यो र अगामी महिना उहाँको सन्तान जन्मने मिति आउँदै छ ।

उसो त डा. मेग्नाले सापकोटा जस्ता कयौंको उपचार गर्नु भएको छ र वर्षौदेखि सन्तान विहीन भएकाहरुलाई काखमा सन्तान दिन सक्नु भएको छ । विवाह भएको ५ वर्षसम्म पनि सन्तान नभएका इलामका अमीर र अनिला लिम्बु दम्पतिले पनि डा. मेग्नाकै उपचारबाट पहिलो सन्तान पाउँदै हुनुहुन्छ ।

 

हरेक दिन बिर्तामोडस्थित चारआली रोडमा रहेको सुगम पेट्रोल पम्प दक्षिणमा रहेको आनन्द डाइग्नोस्टिक सेण्टरमा भेट्न सकिने डा. मेग्ना महिलाका सबै रोगको सफल उपचारमा पूर्वमै प्रख्यात हुनुहुन्छ । नेपालका नाम कहलिएका अस्पताल र भारतमा समेत गएर उपचार गराउँदा समेत निको नभएका बिरामीहरु उहाँसँग पुग्ने गरेका छन् । सुरुमै समस्याको बारेमा थाहा पाइयो भने त्यसको उपचार अझ सहज र समयमै हुन सक्ने सुझाव डा. मेग्नाको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको