लाइफ लाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिदाई तथा स्वागतको रमझम

दमक, मंसिर २२
झापाको दमक ५ स्थित भृकुटी चोकमा रहेको लाइफलाइन अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानले याहँ अध्ययन गरेर विदा हुने विद्यार्थीको बिदाई र नयाँ विद्यार्थीको स्वागत गरेको छ ।

 

भव्य सांंगीतिक उत्सवसहित शुक्रबार आयोजना गरिएको कार्यक्रम त्यहाँ सञ्चालन भइरहेका कक्षाहरु अध्ययन सकेर पास आउट भएका विद्यार्थीहरुको औपचारिक विदाई गरिएको हो ।

 

त्यहाँ सिकेको सीप र ज्ञानलाई आफ्नो भविष्य निर्माणको प्रमुख आधार बनाउन सक्ने शुभकामना व्यक्त गर्दै पास आउट भएका विद्यार्थीलाई मायाको चिनो प्रदान गर्दै एक अर्का बिच न्यानो स्नेह बढाएर बिदाइ गरिएको छ ।

 

बिदाई हुने विद्यार्थीहरुले पनि त्यहाँ पढेको पढाईलाई आफ्नो भविष्य निर्माणको प्रमुख आधार बनाउने प्रतिवद्धता सहित छुट्टिनु परेकोमा मन कुढ्याँउँदै बिदाई भएका छन् । सँगैका साथीहरुबीचको आत्मियता, प्रतिष्ठानका प्राध्यापकहरुको माया, अस्पतालका चिकित्सक तथा अन्य माथिल्लो ओहोदामा रहेकाहरुको सम्मान सहित विद्यार्थी विदाई गरिएको थियो ।

 

स्वास्थ्य क्षेत्रमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न स्थापित संस्थाले हजारौं जनशक्ति उत्पादन गरेको र उत्पादित जनशक्ति देश तथा विदेशका बिभिन्न नाम चलेका अस्पतालहरुमा काम गरिरहेका छन् । कोही आफंै फार्मेसी खोलेर त कोही सरकारी कोटामा नाम निकालेर पनि सेवा गरिरहेका छन् । जही बिक्ने, सबैले पत्याउने, सबैको विश्वासको आधारनै यस क्षेत्रका प्राविधिक जनशक्ति रहेकोले विद्यार्थीहरुको भविष्य उज्वल बन्ने अस्पतालका संस्थापक सञ्चालक बालचन्द्र सुब्बाले कार्यक्रममा उल्लेख गर्नुभयो ।

 

कसैले गीत गाएर यहाँ रमाइरहेका थिए । मञ्चमा गीत गाउन साथी उक्लदादेखि गाउन्जेल सम्मै दर्शक दीर्घामा रहेका अन्य साथीहरुको बेजोड हुटिङले यूवाको जोश र जागरलाई प्रष्ट झल्काइरहेको थियो ।

 

बिच बिचमा विद्यार्थीहरुको नृत्यले माहोललाई निकै रमाइलो त बनाएको थियो नै अझ बिचमा प्रतिष्ठानमा पढाउने प्राध्यापकहरुको यूगल नृत्यले सबैको ध्यान तान्न सफल भएको थियो । यसरी निकै उल्लास र मनोरञ्जन सहित प्रतिष्ठानबाट कोही सुन्दर भविष्य बनाउने संकल्पका साथ बाहिरी रहेका थिए भने कोही भविष्यको आशाको रेखा कोर्दै प्रतिष्ठान प्रवेश गरिरहेका थिए । विद्यार्थीहरुलाई अस्पतालका सञ्चालक, व्यवस्थापक साथै प्रतिष्ठानका सबै संकायका प्राध्यापकहरुले स्वागत गरेका थिए ।

https://www.facebook.com/share/v/19YAVsugzY/

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य