दुई करोड रुपैयाँ सहयोग

अस्पताल बनाउन साढे दुई करोड दान

काठमाडौँ — चिकित्सक शारदाराम भण्डारीले बाल अस्पताल र उपचारात्मक सेवा दिन नमिल्ने बिरामीहरूलाई दिइने आश्रय स्थल (हसपिस) भवन निर्माणका लागि साढे दुई करोड रुपैयाँ सहयोग गरेका छन् ।

काठमाडौंको डिल्लीबजारका भण्डारीले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बुढानीलकण्ठमा बन्दै गरेको काठमाडौं इन्स्टिट्युट अफ चाइल्ड हेल्थ अस्पतालका लागि डेढ करोड रुपैयाँ र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गंगोलको अग्रसरतामा निर्माणाधीन हसपिसलाई एक करोड रुपैयाँ सहयोग गरेका हुन् ।

हाल अमेरिकामा बसोबास गर्ने भण्डारीले बाल अस्पताललाई ५० लाख रुपैयाँ र हसपिसलाई २५ लाख रुपैयाँ नगद हस्तान्तरण गरिसकेका छन् भने बाँकी रकम किस्ताबन्दीमा सहयोग गर्दै जाने सम्झौता भएको छ । अस्पताल र हसपिस दुवैको भवन निर्माणाधीन अवस्थामा रहेकाले किस्ताकिस्तामा रकम प्रदान गर्ने सम्झौता भएको हो । भण्डारीले आमा गृह्य र बाबु लक्ष्मीराम भण्डारीको नाममा सहयोग गरेका हुन् ।

चिकित्सकसहित केही सामाजिक अगुवाको अग्रसरतामा काठमाडौंको बुढानीलकण्ठ र ललितपुरको धापाखेलमा हसपिस निर्माणाधीन छ । व्यक्तिगत रूपमा अस्पताल बनाउन यति ठूलो सहयोग पहिलो पटक प्राप्त भएको डा. कोइरालाले बताए । २१ वर्षदेखि लगनखेलको महालक्ष्मीस्थानमा सञ्चालित हसपिस धापाखेलमा हस्तान्तरण गर्न लागिएको छ ।

यी दुवै गैरनाफामूलक उद्देश्यले स्थापित संस्था हुन् । ‘लगनखेलमा सानो युनिटमा हसपिस चलाउँदै आएका थियौं, त्यसलाई नेपालभरि नै विस्तार गर्नुपर्छ भनेर धापाखेलमा तालिम केन्द्रसहितको संरचना बनाउँदै छौं,’ गंगोलले भने । त्यहाँ जग्गा खरिद गरिसकिएको छ । ‘सरकारले सहयोग नगरे पनि विभिन्न व्यक्तिले सहयोग गर्नुभएको छ, त्यहीक्रममा एक करोड रुपैयाँ सहयोग जुटेको हो,’ उनले भने ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु