स्वस्थ जीवनकालागि योगमा जोड

दमकमा योगमा सयौं प्रशिक्षक उत्पादन, योगनगर घोषणा गर्ने उद्‌घोष

दमक, पुस १०
योग तथा ध्यान मानिसकालागि दैनिक आवश्यक पक्ष हुन् । परापुर्वकालमा ऋषी महर्षीहरुले योग साधना र ध्यानलाई मानिसको अभिन्न अंग बनाएका थिए । अहिले पर्यावरणमाथि चौतर्फी प्रदुषण बढेको अवस्थामा मानिस स्वस्थ रहन योगसाधनको महत्व अझ बढेको कुरालाई झापाको दमकमा जोड दिँदै आएको देखिन्छ ।

 

ठाउँ ठाउँ योग अभ्यास भइरहेको अवस्थामा योगलाई अझ विस्तार गर्न तथा प्रशिक्षक तयार गर्न पतञ्जली योग समिति दमकले १५ दिने सहायक प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजन गर्‌यो । जहाँ २६ वटा योग साधना संस्थाहरुको सहभागिताको प्रशिक्षण कार्यक्रमले नगरलाई एउटा फरक सन्देश दिने देखिएपछि नगरपालिकाले पनि यसको अपनत्व ग्रहण गर्ने र योग क्षेत्रलाई प्रोत्साहित गर्ने सोच बनाउँदैछ ।

 

कार्यक्रममा प्रमुख अतिथि पतञ्जली योग नेपालका केन्द्रीय सदस्य लोकनाथ खनालले योगलाई आध्यात्मसँग समेत जोडेर व्याख्या गर्दै मानव कल्याणका लागि योग र ध्यान आवश्यक रहेको चर्चा गर्नुभयो ।

 

प्रशिक्षण कार्यक्रमका विशेष अतिथिका रुपमा उपस्थित दमक नगर प्रमुख रामकुमार थापाले नगरवासीलाई स्वस्थ्य बनाउने काममा योगदान दिएको योग क्षेत्रको नगरले प्रवद्र्धन गर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘अहिले मान्छे रोगी बन्दै गएपछि सबैका लागि योग झनै अनिवार्य बनेको छ । यही यसमा योगसाधनमा लागेका संस्थाहरुले निकै सह्रानीय काम गरिरहेका छन् । १ वर्षभित्रमा नगरले नगरमा योग सम्मेलन गराउने छ । अनि नगरलाई योगनगरका रुपमा घोषणा गरिने छ ।’

 

अर्गानिक साधना केन्द्रको प्रथम बार्षिकोत्सवको सन्दर्भ समेत जोडेर दमक ८ आयोजना भएको कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्‌टराई प्रसाईंले आफूले नै आफूलाई स्वस्थ राखेर खुसी हुने योग अभियान आजको आवश्यकता भएको औंल्याउनु भयो ।

 

नेपाली कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईंले सबैको अस्तित्व स्वीकार्दै योगसाधनाबाट स्वस्थ बन्न आवश्यकता रहेको जनाउनु भयो ।
यसैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपा एमाले दमक नगर अध्यक्ष राम पौडेलले मानिसलाई स्वस्थ रहनका लागि २६,२७ ठाउँमा निःशुल्क शिविर सञ्चालन गरिएकोप्रति सह्राहना गर्नुभयो ।

 

कोशी प्रदेश सदस्य मीना कोइराला, दमक ६ का अध्यक्ष टेकबहादुर थापा, दमक ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहाल दिपेश,दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं गोपालसहितको आतिथ्यता रहेको थियो ।

 

पतञ्जली योग दमक नगर समिति अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षताको कार्यक्रममा कार्यक्रममा कार्यक्रममा, पतञ्जल योग समिति नगर महिला अध्यक्ष उमा पाठक, अर्गानिक साधना केन्द्रका उमेश घिमिरेसहितले योग सम्बन्धीको अनुभवनसहितका धारणा राख्नुभयो । त्यहाँ भजनसहितका योगशैलीका नृत्यहरु समेत प्रस्तुत भएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,