काठ र बाँसबाट बनेका पुल विस्थापित

कालोपत्रे सडक निर्माणमा झापाको हल्दिबारीको यो उपलब्धी

झापा, पुष १३
झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । स्थानीय तह पुनःसंंरचना भएपछि हल्दिबारी गाउँपालिकाले यहाँका मुख्य सडक कालोपत्र गरेको हो ।

 

गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनका अनुसार गाउँपालिकाको आन्तरिक स्रोत वार्षिक एक करोड ५० लाखबाट कालोपत्र थालिएको जानकारी दिँदै सङ्घ र प्रदेशबाट पर्याप्त बजेट प्राप्त नहुँदा नागरिकको माग अनुसार काम गर्न नसकिएको बताउनुभयो ।

 

गाउँपालिकाले चालु आर्थिक वर्षमा १६ किलोमिटर सडक निर्माण पूरा गर्ने लक्ष्यका साथ धमाधम काम गरिरहेको छ । काठ र बाँसबाट बनेका पुल विस्थापित गर्ने गाउँपालिकाको अभियानअन्तर्गत एक सय वटाभन्दा बढी त्यस्ता पुल विस्थापित गरी पक्की पुल र कल्भर्ट निर्माण गरिएको जानकारी उहाँले जानकारी दिनु भएको छ ।

 

यसैबीच, बहुवर्षे योजनाअन्तर्गत भुतेनी र भुसुडी खोलामा पक्की पुल निर्माण भइरहेको छ । दुवै खोलामा पुल निर्माणका लागि पाँच करोड ५० लाख बराबरको बोलपत्र आह्वान गरे पनि चार करोड ६७ लाखमा सम्झौता भएर ७० प्रतिशत कार्य सम्पन्न भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बर्ड फ्लुका कारण ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार

शक्तिशाली भूकम्पपछि काराकासमा व्यापक क्षति

काठमाडौं,११ असार । भेनेजुएलाको काराकासमा हालै गएको शक्तिशाली भूकम्पपछि त्यहाँ व्यापक क्षति देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष

वर्षायाममा बाजुराका हिमाली फाँटः धर्तीमै लुकेको स्वर्ग

बाजुरा,११ असार । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,