वार्षिक १५ देखि २० करोडको च्याउ आयात

च्याउः नेपालमा कति उत्पादन हुन्छ ? आयात रोक्न सरकारको साथ अपर्याप्त

दमक, पुष १५
च्याउ उत्पादक किसान संघका अनुसार नेपालका ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन गर्ने किसान छन् ।हाल च्याउ खेतीमा करिब ३५ हजार किसान आबद्ध छन् ।

संघका अनुसार च्याउको बीउ उत्पादन गर्ने ल्याब संख्या ६७ छ ।किसानले वार्षिक करिब १५ अर्ब रुपैयाँको कारोबार गर्दै आएका छन् ।नेपालमा दैनिक करिब १ लाख किलो च्याउ उत्पादन हुन्छ । प्रत्येक दिन ५० हजार किलो कन्य च्याउ, १० हजार किलो गोलो च्याउ, १२ सय किलो राजा च्याउ, ६ सय किलो सिताके च्याउ र अन्य च्याउ १० हजार किलो उत्पादन हुने गरेको सघंले जनाएको छ ।

 

हरेक १५ पुसमा नेपालमा ‘राष्ट्रिय च्याउ दिवस’ मनाइने गरिन्छ । च्याउ दिवस औपचारिक रूपमा मनाइरहँदा नेपाली उत्पादनले नै च्याउको माग धान्न सक्ने अवस्था भने छैन ।पछिल्लो समय तीव्र रूपमा च्याउ खेती विस्तार भइरहँदा पनि माग धान्न नसकेको च्याउ उत्पादक किसान बताउँछन् ।

 

नेपालमा अहिले वार्षिक १५ देखि २० करोडको च्याउ आयात हुने गरेको छ । करोडौंको आयात गर्दा जम्मा ८–१० लाखको मात्रै निर्यात भइरहेको छ । कन्य च्याउ आयात हुँदैन, अन्य च्याउ विभिन्न नाममा आयात हुदै आएको छ ।

 

च्याउको व्यावसायिक उत्पादनमा सरकारले बेवास्ता गरेको सघंका अध्यक्ष सन्तोष कार्कीले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,