वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर

वातावणीय संकट टार्न सरकारलाई सकस

दमक, पुष १५
औद्योगिक क्षेत्रबाट निस्कने ठोस फोहोर, रासायनिक फोहोर र वायु प्रदूषणले वातावरणमा नकारात्मक प्रभाव पारिरहेका छन्. औद्योगिक फोहोर व्यवस्थापनमा प्रभावकारी नीति र अनुगमनको अभावले गर्दा यो समस्या झन् जटिल बन्दै गएको छ।विश्वमा वायु प्रदूषण उच्च भएका देशमध्ये नेपाल अग्रस्थानमा पर्छ। सन् २०२३ मा गरिएको एक अध्ययन अनुसार विश्वका १३४ देशमध्ये नेपाल आठौं स्थानमा थियो। नेपालको औसत वायु गुणस्तर सूचकांक ११८ थियो।

 

यो सूचकांकले नेपालमा वायु प्रदूषणको गम्भीर अवस्थालाई दर्शाउँछ।विशेषगरी काठमाडौं उपत्यकामा वायु प्रदूषणको समस्या चिन्ताजनक छ। सन् २०२३ मा काठमाडौं विश्वका सबैभन्दा प्रदूषित शहरको सूचीमा शीर्षस्थानमा थियो।

 

 

विश्व स्वास्थ्य संगठनका अनुसार काठमाडौं उपत्यकाको वायु प्रदूषण दक्षिणएशियामा सबैभन्दा खराब मानिन्छ।विज्ञहरू नेपालमा औद्योगिक फोहोर व्यवस्थापन र वायु प्रदूषण नियन्त्रणका लागि प्रभावकारी नीति, अनुगमन र जनचेतनाको खाँचो रहेको बताउँछन्.

 

त्यसका लागि सरकार, उद्योग र नागरिकबीच सहकार्य गर्न सकिने उनीहरूको मत छ।वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको विभिन्न अध्ययनले पनि देखाएका छन्. विशेषगरी, श्वासप्रश्वास सम्बन्धी रोग बढेका छन्. वायु प्रदूषणका कारण नेपालमा हरेक वर्ष करीब १० हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको आकलन छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,