दैनिक तारेखमा दुर्गा प्रसाईं

दुर्गा प्रसाईं किन धाइरहेका छन् दैनिक सीआईबी ? आवाज परीक्षण गर्न भने इन्कार

काठमाडौ, पुस १५
सर्वोच्च अदालतको आदेशले हिरासतमुक्त भए पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दैनिक तारेखमा राखेको छ। आपराधिक लाभसम्बन्धी कसुर र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेकाले उनले दिनदिनै सीआईबीमा हाजिर हुनुपर्ने सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताउनु भयो ।

 

अनुसन्धान चलिरहँदा उहाँले आफ्नो आवाज परीक्षण गर्न भने इन्कार गर्नुभएको छ । प्रसाईले व्यवसायीलाई धम्क्याएका र उहाँ मार्फत परिचालित हरिचन्द्र फुयालसँगका ५ वटा अडिओ संवाद प्रहरीले फेला पारेको छ। उक्त अडिओ प्रसाईंकै हो कि होइन भनेर परीक्षण गर्न खोज्दा प्रसाईंले इन्कार गरिरहनु भएको सिआइविले जनाएको छ ।

 

उहाँले बयानका क्रममा भने आफ्नो नभएको बताउने गर्नु भएको छ । पाँचथर घर भई झापाको मेचीनगर–१३, चारआली बस्ने २६ वर्षीय फुयाललाई सुरुमा पक्राउ गरेपछि उहाँकै मोबाइल परीक्षण र उहाँको बयानका क्रममा प्रसाईंको संलग्नता खुलेको थियो। अहिले प्रहरीले प्रसाईले सञ्चारमाध्यममा दिएका अन्तर्वार्ताका अडिओसँग भिडाएर परीक्षण गरिरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,