राहदानी विभागमा स्वार्थ समुहको प्रभाव, दुई अर्ब थप खर्च हुने गरी १० अर्बमा टेन्डर आव्हान

काठमाडौ, पुष १६
राहदानी विभागले स्वार्थ समूहको प्रभावमा निश्चित कम्पनीलाई प्रतिष्पर्धामा सहज हुने सर्त राखेर ६४ लाख ई–राहदानी छपाइका लागि नयाँ टेन्डर आह्वान गरेको खुलेको छ।

विभागले यस अगाडि गरेको खरिद सम्झौता अनुसार टेन्डर सकिएपछि पुरानो कम्पनीले सोर्सकोडसहितको सफ्टवेयर विभागलाई बुझाउनुपर्ने सर्त रहे पनि करिब दुई अर्ब थप खर्च हुने गरी १० अर्बमा टेन्डर आव्हान गरेको हो।२०२० डिसेम्बर २० मा विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडिन्टी एन्ड सेक्युरिटी’ सँग २० लाख थान ई–राहदानी छपाइका लागि दुई अर्ब ४८ करोड रुपैयाँमा सम्झौता गरेको थियो।

 

बिचमा भेरियसनको भरमा उसैले २८ लाख ई राहदानी छपाइको काम पायो। अहिले निकालिएको टेन्डर पनि उसैलाई सहज हुने गरी निर्माण गरेको देखिन्छ।विभागले टेन्डर आव्हान गर्दा दुई फरक टेन्डरको रूपमा सार्वजनिक गरेको छ। तर सर्तमा दुवै टेन्डर एकै कम्पनीलाई दिन सहज हुनेगरि विशेष सर्त राखेर अलग–अलग ठेक्का नम्बर रहे पनि एकै ठेक्का तर दुई प्याकेजको स्वरूप दिएको छ।

 

यसले नयाँ कम्पनी प्रतिस्पर्धामा जानै नसक्ने बनाएको छ। यसले अहिले जसले प्राविधिक र छपाइको काम पाइरहेको छ उसैलाई ठेक्कामा सहज हुने देखिन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शक्तिशाली भूकम्पपछि काराकासमा व्यापक क्षति

काठमाडौं,११ असार । भेनेजुएलाको काराकासमा हालै गएको शक्तिशाली भूकम्पपछि त्यहाँ व्यापक क्षति देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष

वर्षायाममा बाजुराका हिमाली फाँटः धर्तीमै लुकेको स्वर्ग

बाजुरा,११ असार । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ