गजल सम्बन्धमा पोखराको स्पष्ट र संतुलित घोषणापत्र

सरूभक्तजीलाई हार्दिक धन्यवाद । स्पष्ट र संतुलित रूपमा आएको अहिलेको यो घोषणापत्र एकदम सकारात्मक छ र स्वागत योग्य पनि । स्टाटसमा देखिएको सरूभक्तजीप्रति अत्याधिक समर्थनले पनि यो कुरालाई पुष्टि गरिनै सकेकोछ ।

 

– मलाई राम्रै सम्झना छ, १५ वर्ष अघि अर्थात् ५ असोज २०६४ को अन्नपुर्ण पोष्टमा उहांको पठनीय र संग्रहणीय गजल कृति ‘साईवर क्याफे’ र समसायिक गजलका बारे प्रकाशित अन्तवार्तामा सोधिएको जवाफमा सरूभक्तजीले भन्नु भएको थियो– ‘पुरानै परम्परामा हिंडदा गजलले फड्को मार्न सक्तैन । अब यसको पनि अध्ययन–अध्यापन गर्नुपर्छ र गजललाई गम्भीर बिषय बनाइनु पर्छ । यसो भएमा गजल सबैको प्रिय बिधा बन्नसक्छ र आफूलाई ‘ठूलो’ ठान्नेहरूको दृष्टिकोण पनि बदलिनसक्छ । गजलप्रति परम्परागत भ्रम छ । त्यो भ्रमको कारण पहिला हल्काफूल्का बिषयमा गजल लेखिनु हो । अब गजलकारले त्यो भ्रमलाई चिर्न गम्भीर हुने बेला आएकोछ ।’

 

– नभन्दै सरूभक्तले भन्नुभएजस्तो त्यो बेला अब आएको छ । कारण, साहित्यलाई गम्भिर कला मानिएपछि गजलमा पनि त्यो कलात्मक शर्तको निर्वाह हुनैपर्छ । गजलमा शैलिगत–सौन्दर्य र ‘पोएट्रिक– फ्लेभर’ भेटिदैन भने छन्दले मात्र अपेक्षित त्यो कलात्मक शर्तको निर्वाह हुंदैन ।
सरूभक्तजीलाई पुनःधन्यवाद ।

 

( काठमाडौं निवासी पौडेल नेपाली गजलको पुनर्जागरणकालका अगुवा गजलकार हुनुहुन्छ)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल