स्थानीयको विरोधपछि जिरिखिम्तीमा अलकत्रा प्लान्ट राख्न रोकियो

पथरी, पुस २४
बस्ती बीचमा राखिने अलकत्रा प्लान्ट जनजीवनसहित वातावरणमा समेत निकै हानिकारक हुने बुझेर स्थानीयले विरोध गरे । फलस्वरुप पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० जिरिखिम्तीमा राखिने योजना रहेको अलकत्रा प्लान्ट त्यहाँ नराखिने भएको छ ।

 

स्थानीयको विरोधपछि जिरिखिम्तीमा अस्फाल्ट अलकत्रा प्लान्ट स्थगित गरिएको पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत काँकडभिट्टा लौकही सडक योजना (पश्चिम खण्ड) कार्यालयका आयोजना प्रमुख जगत प्रजापतिले बताउनु भयो । उहाँले प्लान्ट अन्यत्र कहाँ राख्ने भन्ने विषयमा टुंगो हुन बाँकी रहेको जनाउनु भयो । जिरिखिम्ती क्षेत्रमा काम थाल्दा सडक विभागले नै वातावरण प्रभाव मूल्यांकन (इआइए) गरेको र महिना–महिना दिनमा वातावरण प्रभाव मूल्यांकनको नवीकरण भइरहेको उहाको दाबी छ । यसबीचमा प्लान्टले वातावरणमा असर पार्ने स्थानीयको कुरा आएपछि स्थगन गर्नुपरेको उहाँको भनाई छ ।

 

स्थानीयको सहमति नलिइकन निर्माण कम्पनीले अलकत्रा प्लान्ट राख्न लागेको भन्दै विरोध भएको थियो ।

 

भक्तपुरको वेदालय कन्स्ट्रक्सन प्रालिले त्यहाँ प्लान्ट राख्नका लागि इटहरीका ठेकेदार भीम पौडेललाई जिम्मा दिएको थियो । प्लान्ट बनाउन तथा निर्माण सामग्री आपूर्ति गर्नका लागि पौडेलले जिरिखिम्तीमा धमाधम काम अघि बढाउनु भएको थियो । मोरङका खोलानाला अत्यधिक दोहन गरेर विवादमा आउनु भएका ठेकेदार पौडेलले जिरिखिम्ती क्षेत्रमा गरेको जबरजस्तीका कारण पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाको सिमानामा डाँस र मोरंगी खोलाले घेरिएको करिब ३ सय ५० घर रहेको जिरिखिम्ती गाउँ त्रसित बनेको छ ।

 

राजमार्ग निर्माणका लागि राजमार्ग दक्षिणतर्फ करिब आठ बिगाहा जमिन लिजमा लिएर विभिन्न निर्माणजन्य मेसिनसहित कर्मचारीलाई बासस्थान सञ्चालन गरिएको छ । दक्षिणतर्फ सिंचाई गर्ने नक्सामा रहेको पैनीको राजमार्ग उत्तरतर्फको मुख पुरेर माटो भर्ने काम भएको छ । जसबाट त्यहाँ डुबानको अवस्था सिर्जना भएको र त्यसको दक्षिणतर्फ सिंचाईमा समस्या भएको देखिएको छ । साथै दक्षिणतर्फ निर्माण भएको शौचालयको पाइप फुटेर पैनीमा मिसिएकाले गाउँमा दुर्गन्ध समेत फैलिएको छ ।

 

सडक विस्तार आयोजना अन्तर्गत झापाको सीतापुरीदेखि सुनसरीको देवी खोलासम्मको ९५.७६० किलोमिटर पूर्वपश्चिम राजमार्गको विस्तार कार्य धमाधम भइरहेको छ । यसका लागि तीन वटा निर्माण कम्पनीले ठेक्का पाएका छन् । जसमा चीनियाँ कम्पनी र तिनका ज्वाइन्ट भेन्चर कम्पनी नेपाली रहेका छन् । तीन खण्डको ठेक्कामध्ये दोस्रो खण्डमा पर्ने पथरीशनिश्चरेसहित क्षेत्रको २० किलोमिटर सडक यसै वर्ष कालोपत्रे गर्ने योजना रहेको आयोजना प्रमुख प्रजापतिले उल्लेख गर्नुभयो ।
दोस्रो खण्डको माउ ठेकेदार चीनियाँ कम्पनी सीआरएस जी र नेपाली कम्पनी तुँदी हो । तुँदीले वेदालयलाई जिरिखिम्तीमा अलकत्रा प्लान्टका लागि काम दिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,