कोभिड बुटि ७

दमकका सार्वजनिक स्थानमा भीड कम भएन-कोरोनाको जोखिम उच्च-अनावश्यक काममा घरबाट बाहिर नकिस्कन नगर प्रमुखको अपील (भिडियो सहित)

दमक/
अहिले दमकमा हरेक घरमा घुम्ने हो भने बिरामी नभएको घर भेट्उनै मुस्किल छ । अधिकांसलाई ज्वरो आएको छ । घाँटी दुखेको छ । शरिर दुखेको छ । सबै लक्षण कोरोनासँग मिल्दाजुल्दा छन् । कतीले कोरोना परिक्षण गराएर थप सर्तकताका साथ बसेका छन् भने कतीले बिना परिक्षण आफै औषधि सेवन गरेर बसेका छन् । अवस्था यस्तो भएपनि दमकका सार्वजनिक स्थानहरुमा भीड कम भएको छैन । जस्ले गर्दा कोरोनाको तेस्रो लहर ओमिक्रोनको जोखिम उच्च हुँदै गएको छ । दमकमा भइरहेको भीड र यसको नियन्त्रण गर्न नगरपालिकाले कस्तो निती बनाउँदै छ ? कोभिड बुटिको तेस्रो भाग अन्तर्गत सातौ श्रींखला यहि विषयमा केन्द्रित छ ।
दमक अस्पतालमा भीड थेगिनसक्नुको
दमक १ स्थित दमक अस्पताल सरकारी अस्पताल हो । यो अस्पताल दमक नगरपालिकाद्धारा सञ्चालीत अस्पताल हो । यसको सम्पूणर् व्यवस्थापन दमक नगरपालिकाले नै गर्ने गर्छ । झापाको माई पश्चिम सम्मका सबै पालिकाहरुको बिमाको पहिलाृ बिन्दुको अस्पताल यहि हो । त्यसैले यहाँ झापाको पश्चिमी , दक्षीण क्षेत्रका नागरिकहरु बढिमात्रामा सेवा लिने आउने गर्छ । यतीमात्र हैन । यो दमकको उत्तरी क्षेत्रका जिल्ला र पालिकाका नागरिकका लागि पनि सहज अस्पताल हो । पश्चिम तर्फका पालिकाका नागरिकले पनि यहाँबाट सेवा लिने गर्दछन् । त्यसैले यहाँ सेवाग्राहिको भीड अन्य अस्पतालमा भन्दा बढि हुने गर्छ ।यही भीडमा झापा शिवसताक्षी नगरपालिकाका जंगबहादुर रिमालपनि भेटिनु भयो । हातमा पुर्जा बोकेर डाक्टर भेट्ने लाईनमा उहाँ उभीनु भएको थियो । ठेलामठेल हुने गरिको भीडले उहाँलाई थप चीन्ता थपीरहेको थियो । एउटा रोगको उपचार गर्न आएको यहाँ आएपछि अर्कोपनिपो रोग सर्ने हो कि भन्नेबारेमा । भौतीक दुरी कायम नगराई अव्यवस्थित तरिकाले बसाईएको लाईनले उहाँसँगै अन्यपनि कोरोना सर्ने हो कि भन्ने डर थियो । डर मान्दै मान्दै लाईनमा नबसे आफ्नो पालो मिचिने पीरले यसरी बस्नु परेको दमक अस्पतालमा सेवा लिन आउने अन्य सहभागीहरुले बताएका छन् । भीड देख्दा फर्केर गइहालै जस्तो लाग्छ तर उपचार गर्न आएको रित्तै फर्कनुपनि कसरी मनमा डर राख्दै भएपनि बस्नुको विकल्पनै नभएको रिजालले सुनाउनु भयो ।
सब्जी मण्डीमा झन धेरै जोखिम , अधिकांशस ब्यापारीले मास्कनै लगाउँदैनन
यस्तै भीड दमकको मुख्य सब्जी मण्डीमा पनि देखिएको छ । यहाँ तरकारी किन्न आउनेहरुले बरु मास्क लागएको देखियो । तर बेच्नेहरुले पनि कुनै सावधानी अपनाइएका छैनन् । प्राय कोहि पनि पसलेले यहाँ मास्क लगाएका छैनन् । बजारमा आउने ग्राहक भन्दा पनि ब्यापारीका कारण कोरोनाको जोखिम बढेको प्रष्ट देख्न सकिन्छ । सब्जी मण्डीको पूर्वपट्टीको गेटबाट छिर्ने बित्तीकै आउने सब्जी पसल हेमन दाहालको रहेछ ।

उहाँलाई हामीले मास्क किन नलगाउनु भएको भनेर सोधेपछि हतार हतार मास्क झिकेर लगाउनु भयो । मास्क लगाउँदै भन्नु हुन्छ ‘ तरकारी पसलमा धुलो धेरै उड्छ , भीड हुन्छ , एकैछिनमा फोहोर भइहाल्छ , फेरेको फेरै गर्नु पर्ने झण्डझटले मास्क लगाएर बस्न अप्ठ्यारो हुन्छ । ’ मास्क लागउँदाको सास्तीका बारेमा बताउनु भएका दाहालले मास्क नलगाउँदाको जोखिमका बारेमा पनि जान्नु भएको चाहि रहेछ । तर काम गर्न अप्ठ्यारो हुने भएकोले नियमीत मास्क नलगाएको स्विकार गर्नु भयो ।

दाहालले मात्र होईन । यहाँ अधिकांस सब्जी ब्यापारीले मास्क लगाएका छैनन् । जसले गर्दा दमकको सब्जी मण्डी कोरोनाको अर्को उच्च जोखिम स्थल बन्न सक्ने देखिएको छ ।
भीड नियन्त्रण गर्ने मापदण्ड पालना गराउन कमजोर पालिका
यस्तो भीडभाड हुने स्थानका बारेमा यहाँ रहेको स्थानीय सरकारलाई थाह नभएको भने हैन । दमक अस्पताल , सब्जी मण्डी, सरकारी कार्यालय लगायतमा हरेक दिन भीड हुन्छ । तर भीड नियन्त्रण गर्ने खास योजना दमक नगरपालिकाले बनाउन सकेको छैन । नगर प्र्मुख रोमनाथ ओली भन्नु हुन्छ ‘कोरोनाको जोखिमको समयमा मास्क किन लगाउने, भौतीक दुरी कायम नगर्दा के हुन्छ भन्ने कुरा बिगत वर्षदेखीनै बुझाउँदै आएका छौ । आम नागरिकले यो कुरा बुझेका पनि छन् । तर जिम्मेवार भएर आफुले बुझेको कुरा व्यवहारमा पालना गराउन चाहि गाह्रो भइरहेको छ । ’ दण्ड , जरिवानाको व्यवस्था गरौ न त भन्नकालागि स्थानीय सरकारलाई त्यो अधिकार छैन । नगर प्रमुख ओलील नगरपालिका मार्फत मास्क लगाउने, भौतीक दुरी कामय गर्ने बारेमा निरन्तर सचेत गराउँदै आएको बताउँदै आफुले जानेको र बुझेका कुरामा अटेर नगर्न अपील गर्नु भएको छ । अटेरीपनले आफैलाई हानी गर्ने भन्दै महत्वपूणर् काम बाहेक बाहिर ननस्किन , भीडभाड नगर्न, बाहीर निस्कि हाल्नु परेमा अनीवार्य मास्क लगाउन , भौतीक दुरी कायम गर्न अनुरोध गर्नु भएको छ ।
भिडियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी