देशभर ६० वटा खानेपानी फिल्टर वितरण गर्दै साना सहयोगी समूह

दमक, फागुन २१
साना सहयोगी समूह नेपाल दमकले शिक्षा, स्वास्थ्य हुँदै हाल देशभर खानेपानीकोे क्षेत्रमा कार्यक्रम अघि बढाएको छ । यसक्रममा पछिल्लो समय मोरङको उर्लाबारीका चार ठाउँमा खानेपानी फिल्टर गर्ने पीआरओ प्युरिफाइ मेसिन वितरण गरेको छ ।

 

उर्लाबारीको नमुना बाल गृह, उर्लाबारी बहुमुखी क्याम्पस, जीवन बचाउ उपचार सेवा गृह र ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रकालागि एक/एक थान खानेपानी फिल्टर मेसिन वितरण भएको वितरक संस्थाका अध्यक्ष मिलन आचार्यले जनाउनु भयो । एचडीएनपीको आर्थिक व्यवस्थापनमा त्यसखाले कार्यक्रम अघि बढाइएको हो ।
आचार्यले शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा देशभर काम गर्दै आइरहेको उल्लेख गर्नुभयो । पछिल्लो समय खानेपानीको क्षेत्रमा समेत काम गर्ने क्रममा देशभर २५ हजार ८ सय रुपैयाँ पर्ने ६० वटा फिल्टर वितरण गर्ने कार्यक्रम रहेको प्रष्ट्याउनु भयोे ।

 

सो कार्यक्रममा उर्लाबारी बहुमुखी क्याम्पस प्रमुख खेमराज कार्की, जीवन वचाउ उपचार सेवा गृहका सञ्चालक पवन थापा, नमूना बाल गृहकी अध्यक्ष मीना बरालसहितलाई सामग्री हस्तान्तरण गरिएको छ ।

 

सो अवसरमा बोल्दै उर्लाबारी नगरपालिकाका पूर्व प्रमुख खड्ग फागोले सबैले सहयोग पुर्याउन आवश्यक उर्लाबारीका यसखाले संघ संस्थालाई शुद्ध खानेपानीकालागि सहयोग पुर्याएकोमा वितरक संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।

 

यसखाले कार्यक्रमले अनाथ आश्रममा रहेका ६८ जना बालबालिकालाई शुद्ध खानेपानीकालागि सहयोग पुगेकोमा नमुना बाल गृहकी अध्यक्ष मीना बरालले खुसी व्यक्त गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा

यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते

एजेन्सी , असोज ३०। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा